back
NMB ad

चौदण्डीगढी दरबार क्षेत्रमा नेपाली सेनाको २० किलोमिटर एकीकरण पदयात्रा

Kumari bank ad

उदयपुर । उदयपुरको चौदण्डीगढी दरबार क्षेत्रमा नेपाली सेनाले एकिकरण पदयात्रा सञ्चालन गरेको छ । नेपालको राष्ट्रिय एकता र प्रतिष्ठाको प्रवर्द्धन गर्ने उद्देश्यसहित नेपाली सेनाको रणशार्दुल गणले चौदण्डीगढी किल्लामा शनिबार एकीकरण पदयात्रा सञ्चालन गरेको हो ।

नेपाली सेनाको आयोजनामा चौदण्डीगढी नगरपालिका– ६ बेल्टार बजारबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सांस्कृतिक झाँकीसहित मार्चपास गरेको थियो । टोली चौदण्डीगढी नगरपालिकाकै वडा नं. १ स्थित ऐतिहासिक चौदण्डीगढी किल्ला क्षेत्रसम्म पुगेको थियो ।

समारोहमा प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादव, चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख खगेन्द्र राई, सहायक प्रमुख जिल्ला अधिकारी बिनोदकुमार पोखरेल, नेपाल प्रहरीका प्रमुख प्रहरी उपरिक्षक सुबासचन्द्र बोहोरा, चौदण्डीगढी नगरपालिका वडा नं. १ का जनप्रतिनिधी, स्थानीय बुद्धिजिवीलगायत स्थानीय बासिन्दाहरुको उपस्थिती रहेको थियो ।

ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षणका साथै राष्ट्रिय एकता र प्रतिष्ठाको प्रबर्द्धन हुने नेपाली सेनाले बताएको छ । नेपाली सेनाको रणशार्दुल गणले लामेसमयदेखि गढी किल्ला संरक्षण तथा प्रबर्द्धको लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ । संयुक्त टोलीले बेल्टार बजारदेखि चौदण्डीगढी दरबार सम्म करिब २० किलोमिटर पदयात्रा गरेको थियो ।

वि.सं.२०७८ पुस १८ आइतवार ०९:११ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...