back
NMB ad

विद्यालयमा पानी अभाव : महिनावारी हुँदा विद्यालय नै जादैनन् छात्रा

Kumari bank ad

बागलुङ । बागलुङको जैमिनी नगरपालिका-८ छिस्तीको जनकल्याण माध्यमिक विद्यालयमा खानेपानीको चरम अभाव हुन थालेको छ । खानेपानी व्यवस्थापनले पानीका लागि भनेर बर्सेनी बजेट छुट्टाए पनि दिगो समाधान हुन सकेको छैन । विद्यालयमा पानी नभएकै कारण महिनावारी हुँदा छात्राहरू विद्यालय नै छाड्ने गरेका छन् ।

यस्तै पानी नहुँदा विद्यालयको नियमित सरसफाई तथा शौचालय समेत निकै नै फोहोर छ । ‘विद्यालयको धारामा पानी आउँदैन, पानी आयो भने पनि फोहोर छ,’ १० कक्षामा अध्ययनरत विद्यार्थी अनुजा सुनारले भनिन्, ‘टाढा टाढाबाट आउँदा थाकिन्छ, कहिलेकाहीँ त आकुलब्याकुल परिन्छ । तर, खाने पानी पनि पाइदैन् ।’

शौचालय प्रयोग गर्नु परे विद्यालय नजिकका घरहरूबाट पानी माग्ने गरेको विद्यार्थीहरूको भनाइ छ । ९ कक्षामा अध्ययनरत विद्यार्थी विशाल पौडेलले भने, ‘हामी त घरबाटै पानी ल्याउछौँ, विद्यालयको शौचालयमा पानी नै छैन ।’ खानेपानीको समस्याकै कारण यो विद्यालयमा विद्यार्थी कमी हुँदै गएको छ ।

विद्यालयलाई पायक पर्ने स्थानमा पानीको मुहानसमेत छैन । विद्यालयमा पानी ल्याउने मुहान विद्यालयभन्दा चार किलोमिटर टाढा छ । बेलाबेला आउने पानीसँगै लेदो तथा फोहोर पनि आउने गर्छ ।

विद्यालयका प्रधानाध्यापक यम शर्माका अनुसार प्रावि तहको लागि एक र माध्यामिक तहको लागि एक धारो भए पनि पानी नियमित आउँदैन । मुस्किलले एक सय लिटर पानी विद्यालयमा झर्छ, विद्यार्थीलाई पानी पुर्‍याउन समस्या भएको छ ।’ प्रधानाध्यापक शर्माले भने, ‘खानेपानी कार्यालयलाई निवेदन लेखेको छु, नगरप्रमुख तथा सरोकारवालासँग सहकार्य गरिरहेका छौँ ।

वि.सं.२०७८ पुस १८ आइतवार १६:२१ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...