back
NMB ad

पेट्रोलिय पदार्थमा अन्तर्राष्ट्रियस्तरमा नै कर बढी लिने गरिएको छ:आपुर्ति सचिव भट्टराई

Kumari bank ad
काठमाडौं ।उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले सरकारी संस्थानका रुपमा रहेको नेपाल आयल निगम नाफा कमाउने संस्था नभई सेवा मुखी रहेको बताए ।

नेपाल आर्थिक पत्रकार समाज(सेजन)ले आइतबार राजधानीमा आयोजना गरेको ‘पेट्रोलियम पदार्थको सहज आपुर्ति  र स्वचालित मुल्य प्रणाली सम्बन्धित’ अन्तक्रिया कार्यक्रममा बोल्दै सचिव भट्टराईले  निगमले नाफा कमाए राज्यको खातामा जाने र घाटा भए त्यसको भार राज्यले बोहोरने भएकाले नाफा मुखी नभएको बताए । ९९ प्रतिशत शेयर सरकारको रहेकाले निगम पारदर्शी रहेको बताए ।  
स्वचालित मुल्य प्रणाली लागु गर्दा उपभोक्तालाई थप मार पर्ने भएकाले पुर्णरुपमा कार्यान्वयन गर्न नसकिएको बताउँदै सचिव भट्टराईले अर्थतन्त्रका आयाम र जनजीवनमा असर नपर्ने र निगम जिवित रहने गरी मुल्य समायोजन गरिदै आएको बताए ।
नेपाल आयल निगमले पेट्रोलिय पदार्थमा मुल्य बृद्धि गर्दा जनताले निगम प्रति नकारात्मक धारण राख्ने हुँदा निगम माथि जनताको गतलधारण सृजना नहुने गरी रिपोर्टिङ्ग नगरीदिन सचिवदिनेश भट्टराई  पत्रकारलाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै सचिव भट्टराईले निगम एउटा सरकारी निकाय भएकाले नाफा कमाउने भन्दा आमजनतालाई सेवादिन बसेको बताए । उनले निगमले  २०७१ मा पेट्रोलिय पदार्थको स्वाचालित मुल्य प्रणाली सुरु गरे पनि पूर्ण रुपमाकार्यन्वयन ल्याउन नसकेको बताए । निगम भित्र भएका कमीकमजोरीलाई सुधार गदै जानेमा उनले जोड दिए ।
पेट्रोलिय पदार्थमा नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय मुलुकमा कर बढी लिने गरेको पाइन्छ । भारत समेत नेपालको भन्दा ३० रुपैया बढी कर लिने गरेको छ । भारतबाट ल्याएको तेल नेपालले भारतको भन्दा ३० देखि ४० रुपैयाँ सस्तो विक्री गर्छ ।, निगम एउटा सरकारी निकाय नै भएको हुँदा निगमले नाफाभन्दाजनतालाई सेवागर्ने गरेको सचिव भट्टराईले भनाई छ ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले अन्तराष्ट्रिय बजारमा इन्धन मुल्य बढेर आएको र इन्धनका लगाइएको राजस्वका कारण मुल्य बढ्न गएको बताए । पछिल्लो समय अन्तराष्ट्रिय बजारमा इन्धनको मुल्य बढेर आएकाले निगम अहिले मासिक ३ अर्ब ७० करोड घाटामा रहेको छ, उनले भने‘ मुल्य स्थिरिकरण कोषको रकमले तिन महिना पनि धान्न नसकिएने अवस्थामा भएकाले पछि के गर्ने भनेर चलाएका छौनौ ।’
कर्मचारी बोनशवापत छुटाएको रकम  र कर्मचारी आवाश कोषमा जम्मा भएको रकम इन्धन खरिदमा सकिएकाले अव कोषमा भएको रकम खर्च गर्नुपर्ने अवस्थामा आएको उनले जानकारी दिए ।  निगमले २०५८ साल देखि कर्मचारीलाई बोनश रकम वितरण नगरेको उनले जानकारी दिए । निगमसँग इन्धनको भन्डारण क्षमता न्यून भएकाले भन्डारणक्षमतासँगै अन्य पुर्वाधारका काम अगाडि बढाइरहेको उनले जानकारी दिए ।  

कार्यक्रममा पेट्रोलियम पदार्थको आपुर्तिको अवस्था स्वचालित मुल्य प्रणालीको सान्दर्भिकता र पेट्रोलियम पदार्थको हालको पुर्वाधार विकास र भविष्यको प्रक्षेपण,पेट्रोलियम पदार्थको समसामयिक विषयवस्तु र ऊर्जाको सुक्षा विषय कार्यपत्र प्रस्तुत गरिएको थियो ।
उनले निरन्तर मूल्य बृद्धि भइकै कारणले अहिले निगमले तेल ठुलो घाटा व्यहोर्नु परेको बताए । निगमको घाटा बढ्दै गएकै कारण निगमसँगअहिले तेल खरिद गर्ने समेत पैसा नभएको उनले बताए । निर्देशकपौडेल भने, ‘ निगमले पछिल्लो समय थप्रौ पुर्वाधार विकास काग समेत गरेको छ । भण्डार क्षमता बढाउने देखिलिएर अटोमेसनकाकाम समेत गरेको छ । तेलको गुणस्तर चेक जाँचकालागि ल्याब सेन्टर समेत तयार गरी रहेको उनले जानकारी दिए ।

यसैगरी कार्यक्रम निगमका नायक कार्यकारी निर्देशक नाग्रेन्द साहले र निर्देशक भरत रेग्मीले कार्यपत्र प्रस्तुत गरेका थिए । नायक कार्यकारी साहले निगमको पृष्ठिभूमी देखि निगमले तेलको मुल्य कसरी बृद्धि गरी गर्दै आएको छ र हाल निगमले पेट्रोलिय पदार्थमा व्यहोर्दै आएको घाटाको बारेमा जानकारी दिएका थिए ।
कार्यपत्र पस्तुत गर्दै साहले अन्तर्राष्ट्रिय बजारमा तेलको मुल्य निरन्तर बढ्दै गएको हुँदा निगमले ठुलो घाटा व्यहोर्नु परेको जानकारी दिए । साहले भने निगम संग तेल खरिद गर्न जम्मा १३ अर्ब १० करोड रुपैयाँ मात्र छ । जब की तेल घरका लागि निमगलाई १६ अर्ब ४० करोड रुपैयाँ आवश्यक पर्छ । त्यहि पनि निगमले व्यवस्थापन गरी रहेको उनले जानकारी दिए । उनले सबै भन्दा बढी निगम खान पकाउने ग्याँसमा घाटामा रहेको जानकारी दिए । उनका अनुसार ग्यासमा मात्र २ अर्ब घाटा छ ।  पेट्रोल ६८ करोड छ भने डिजेल ८२ करोड घाटामा छ ।
यसैगरी निर्देशक रेग्मीले निगमको गरेको पूर्वाधार विकास र आउने नीतिगत योजनाका बारेमा जानकारी दिएका थिए । पूर्वाधार विकास नीतिगत योजनाको बारेमा कार्यपत्र प्रस्तुत गर्र्दै रेग्मीले गौतम बुद्धि विमान स्थितलमा निर्माण हुँदै गरेको निगमको भण्डारी गृह र पोखारामा निर्माण भइरहेको भण्डारण गृह अन्तिम चरण रहेको जानकारी दिए । साथै निगमले अन्य महत्वपुर्ण पुर्वाधार विकास कामहरु अघि बढाएको जानकारी दिए । यसैगरी पत्रकार राजेश खनालले कार्यपत्र प्रस्तुत गरेका थिए
सेजनका अध्यक्ष जनार्दन बरालले इन्धनको मुल्य बृद्धि गरेको भन्दै निगम बारम्बर विरोधमा आउने गरेकाले उपभोक्तालाई असर नपर्ने गरी मुल्य समायोजन गर्नुपर्ने बताए ।

वि.सं.२०७८ पुस १८ आइतवार १७:५४ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...