back
Mega Long Ad

दक्षिण कोरियामा हुने अधिकांश आगलागीमा बिराला दोषी

एजेन्सी । हाम्रो घर वरपर हुने आगलागीका घटनामा मुख्यतया को जिम्मेवार हुन्छ ? सामान्यतया मानवीय त्रुटी र कमजोरीले घर तथा वरपरको वातावरणमा आगलागी हुने गर्छ । तर, दक्षिण कोरियाको सवालमा भने यो मेल खाँदैन् । आगलागीका अधिकांश घटनामा बिराला जिम्मेवार मानिएका छन् । पछिल्ला तीन वर्षमा भएका आगलागीमध्ये १०० भन्दाबढी आगलागीका घटना बिरालाका कारण भएका छन् ।

सीउल महानगरपालिकाको आगोलागी तथा विपद् विभागको तथ्यांकलाई हेर्ने हो भने पनि सन् २०१९ देखि यो वर्षको नोभेम्बरसम्म भएका आगालागीका घटनामा १०७ ओटा आगलागी बिरालोका कारण भएका छन् ।

बिरालोले विद्युतीय स्टोभमा स्वीच अठ्याइदिँदा अधिकांश आगलागीका घटना भएका हुन् । केही बटनहरु थिचेर बिरालोले विद्युतीय स्टोभ अन गरिदिने र त्यो तातेपछि घरेलु सामाग्रीमा आगो सल्किने गरेको हो ।

घर मालिक नभएका समयमा हुने यस्ता आगोलागीका कारण केही मानिस पनि घाईते भएका छन् ।

‘बिरालोका कारण हुने आगलागीका घटना बढेका छन्,’ विभागकी अधिकारी चोङ गोयो चुल भन्छिन्, ‘घरमा कोही नभएको बेला चौतर्फी आगो फैलन सक्ने भन्दै गृहणीलाई सावधानी दर्शाएका छौं ।’

स्टोभबाट पेपर टावेल हटाउन र वरपर कागजलगायत छिट्टै आगो सल्किने सामाग्री नराख्न स्थानीय प्रशासनले घरधनीलाई अनुरोध गर्दै आएको छ । घरेलु जनावरका कारण लाग्ने आगलागीका घटना राजधानी सीउलमा धेरै बढेका छन् ।

पछिल्ला तीन वर्षमा यस्ता आगलागीमा धेरै बृद्धि भएको छ । यो समस्या अमेरिकाम मात्र सीमित छैन् । अमेरिकन हुमन एसोसियसनका अनुसार अमेरिकामा हुने एक हजार आगलागीका घटनमा पाल्तु जनावर जिम्मेवार छन् ।

वि.सं.२०७८ पुस १९ सोमवार १०:५४ मा प्रकाशित

You can share this post!

prabhu bank
जेठ २३ गतेदेखि श्वेत गंगा हाइड्रोपावरको आईपीओ निष्काशन हुने, १० हजार कित्तासम्म भर्न पाइने

जेठ २३ गतेदेखि श्वेत गंगा हाइड्रोपावरको आईपीओ निष्काशन हुने, १० हजार कित्तासम्म भर्न पाइने

वि.सं.२०७९ जेठ १५ आइतवार ११:५०

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन कम्पनीले आईपीओ निष्काशन...

हिमालयन रिइन्स्योरेन्सले कमायो १९ करोड ६४ लाख बढी नाफा, कस्तो छ वित्तीय अवस्था ?

हिमालयन रिइन्स्योरेन्सले कमायो १९ करोड ६४ लाख बढी नाफा, कस्तो छ वित्तीय अवस्था ?

वि.सं.२०७९ जेठ १५ आइतवार ११:३७

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को...

आज कति छ सुनचाँदीको भाउ ?

आज कति छ सुनचाँदीको भाउ ?

वि.सं.२०७९ जेठ १५ आइतवार १०:५८

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको मूल्यमा थपघट भएको...

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज प्रस्तुत हुने

आगामी आर्थिक वर्ष २०७९/८० को बजेट आज प्रस्तुत हुने

वि.सं.२०७९ जेठ १५ आइतवार ०९:४९

काठमाडौं । आज अर्थात आइतबार सरकारले आगामी आर्थिक वर्ष २०७९/८०...

राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, यस्तो छ पूर्णपाठ

राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा, यस्तो छ पूर्णपाठ

वि.सं.२०७९ जेठ १३ शुक्रवार २०:११

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को...

राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्म ऋण दिने, ब्याजदर कति ?

राष्ट्रिय वाणिज्य बैंकले १५ लाखसम्म ऋण दिने, ब्याजदर कति ?

वि.सं.२०७९ जेठ १३ शुक्रवार १६:४४

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल पुनर्बीमा कम्पनीबिच तलबी...