back
NMB ad

सबैले स्वास्थ्य मापदण्ड पालना गरे यही वर्षको अन्त्यसम्ममा कोरोना सकिन्छ : डब्ल्युएचओ

Kumari bank ad

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) का महानिर्देशक टेड्रोस अधनोम गेब्रिसियसले सबै मानिसले स्वास्थ्य मापदण्ड अपनाए नयाँ वर्ष सन् २०२२ को अन्त्यसम्ममा विश्वबाट कोरोना भाइरस बाहिरिने बताएका छन् । उनले भनेका छन्, ‘कोरोनाको अन्त्य हुनु भनको असमानताको पनि अन्त्य हुनु हो । कोरोनासँगै विश्वबाटै असमानाताको अन्त्य गरौं ।’

महासचिव गेब्रिसियसले कोरोना भाइरसबाट विश्वको कुनै पनि व्यक्ति अछुतो नरहेको बताएका छन् । यसकारण जबसम्म विश्वमा कोरोना रहन्छ संसारका सबै व्यक्ति जोखिममा रहन्छन् । सिंगो विश्वलाई जोखिममुक्त बनाउने हो भने स्वास्थ्यका सबै मापदण्ड पालना गर्नु पर्ने उनले बताएका छन् ।

कोरोना महामारीका कारण संसारका कयौं व्यक्ति नियमित खोप र स्वास्थ्य उपचारबाट समेत बन्चित भएका छन् । जसले भविष्यमा दीर्घकालिन रोगको जोखिम समेत बढेको छ । विश्वलाई यो महामारीबाट बचाउन डब्ल्युएचओले ‘बायोहव’ बनाएको उनले बताए । यो ‘बायोहब’लाई विश्वका सबै देशले अनुसरण गर्ने उनको विश्वास छ ।

यसैबीच पछिल्लो समय विश्वमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिरहेको छ । यो कोभिड-१९ भन्दा धेरै नै संक्रामक रहेको वैज्ञानिकहरूले पुष्टि गरिसकेका छन् । नेपालको छिमेकी देश भारतमासमेत १७ सय मानिसमा ओमिक्रोन’ पुष्टि भइसकेको छ । नेपालमा पनि हालसम्म तीन जनामा ओमिक्रोन पुष्टि भइसकेको छ ।

वि.सं.२०७८ पुस १९ सोमवार १५:५० मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...