काठमाडौं । साताको दोस्रो कारोबार दिन मेगा बैंक नेपालको सेयर मूल्य वृद्धि भएको छ । सोमबार बैंकको सेयर मूल्य २.९९ प्रतिशतले वृद्धि भएको हो ।
उक्त दिन बैंकको सेयर मूल्य प्रतिकित्ता ८ रुपैयाँ ५० पैसाले वृद्धि भएको हो । योसंगै बैंकको सेयर मूल्य आज २९३ रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज बैंकको ८ करोड १४ लाख ७४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उक्त दिन बैंकको २ लाख ७६ हजार ७७७ कित्ता सेयर किनबेच भएको हो ।
वि.सं.२०७८ पुस १९ सोमवार १६:२६ मा प्रकाशित