back

राजस्व संकलनमा जस्तो पूँजीगत खर्चमा सरकारको तदारूकता देखिएन: अध्यक्ष गोल्छा

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले राजस्व संकलनमा तदारुकता देखाए जस्तै पूँजीगत खर्चमा सरकारले तदारूकता देखाउन नसकेको बताएका छन् । तरलताको समस्या पेचिलो बन्दै गएको अहिलेको समयमा सरकारको पूँजीगत खर्च मात्र बढन सकेपनि त्यसले केही सहयोग गर्ने उनले बताए ।

भक्तपुर उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा महासंघले आइतवार राखेको स्वागत एवं बधाई कार्यक्रमलाई संवोधन गर्नुहुंदै अध्यक्ष गोल्छाले कोभिडले थलिएको अर्थतन्त्रले केही गतिलिन खोजेको वेला तरलताको अभावले समस्या उत्पन्न भएको बताए ।

निजी क्षेत्रलाई पनि व्यापारमुखी मात्र भएको, उत्पादनमुुखी क्षेत्रमा लाग्न नसकेको भन्ने आरोप लाग्ने गरेको भन्दै यो केही हदसम्म सत्य भएपनि निजी क्षेत्र उपयुक्त वातावरण पाएमा उत्पादनमुुखी क्षेत्रमा केन्द्रीत हुन तयार रहेको बताए ।

अध्यक्ष गोल्छाले आर्थिक गतिविधि बढ्न लागेको, आन्तरिक पर्यटन विस्तारै अगाडी बढ्ने तरखरमा रहेको वेला पुन कोभिडको अर्को भेरियन्टले विश्वलाई नै तर्साएको बताए । यतिवेला अन्तराष्ट्रिय उडानहरु बन्द भएका, देशहरु पुन लकडाउनतर्फ गैरहेका र त्यसको प्रभाव नेपालमा पनि पर्ने चिन्ता सर्वत्र रहेको छ, अध्यक्ष गोल्छाले भने –अर्थतन्त्र र रोजगारीमा ठूलो योगदान रहेको पर्यटन क्षेत्र ओमीक्रनको त्रासले सेटव्याक हुने खतरामा छ ।

अर्थतन्त्रको विस्तार, रोजगारी सृजना, निर्यात अभिवृद्धि गर्ने लक्ष्यका साथ महासंघले ल्याएको भिजन पेपर नेट २०३० को सफल कार्यान्वयनमा महासंघको सिंगो संजालको कार्यगत एकता,सहकार्य, ओनरशीप आवश्यक रहेको बताए ।

भक्तपुर उद्योग वाणिज्य संघले महासंघका हरेक कार्यमा सहयोग गर्दै आएकोमा त्यसको प्रशंसा समेत गर्नुभयो । अध्यक्ष गोल्छाले भक्तपुरको प्रमुख सामथ्र्य भनेको पर्यटन, हस्तकला, कला संस्कृतिनै रहेकाले यी क्षेत्रको विकासमा संघले नविनतम सोचका साथ काम गर्न आग्रह गरे ।

भक्तपुरको ऐतिहासिक महत्वलाई उजागर गर्ने र पर्यटन पूर्वाधार विकासमा संघले नेतृत्वदायी भूमिका निर्वाह गर्न सुुझाव दिंदै संघले थालेका सवै कार्यमा महासंघले सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन काम गरेर देखाउन जरुरी रहेको बताए । सानो ठाउंमा पनि ठूलो काम गर्न सकिने उदाहरण दिंदै उपाध्यक्ष श्रेष्ठले लगभग भक्तपुर जत्रै माल्टा भन्ने देशले प्रतिवर्ष २२ लाख पर्यटकभित्रयाउने गरेको भन्दै भक्तपुरसंग पनि त्यो सम्भावना प्रवल रहेकाले यसमा केन्द्रीत हुन सुुझाव दिए ।

स्थानीय निकायबाट अव्यवहारिक रुपमा उठाइएका करका सम्बन्धमा महासंघले सम्बन्धित निकायको ध्यानाकर्षण गराईसकेको जानकारी गराए । महासंघको संजालभित्रका सबै सदस्यहरुको महत्वलाई अझ बढाउने गरी कार्य गर्न वर्तमान नेतृत्व लागेको बताए । उद्योग व्यवसाय विकासका लागि अवरोध वनेका ऐन कानूनको संशोधन, पुनरलेखनका लागि महासंघले सरकारसंग निरन्तर लवी गरीरहेको पनि उनले जानकारी दिए ।

महासंघका उपाध्यक्ष रामचन्द्र संघाईले भक्तपुर कला, संस्कृति, मौलिकतामा सम्पन्न रहेकाले अहिलेको यूवा टीमले त्यसैको आधारमा काम गर्नुपर्ने सुुझाव दिए । उनले विगतमा भक्तपुर ताजा तरकारीका लागि निकै प्रशिद्ध रहेको पनि चर्चा गरे ।

कुनै समय कृषिका लागि अव्वल मानिएको भक्तपुर यतिखेर पर्यटनको बढी सम्भाव्यता बोकेको जिल्ला भएकाले आफूमा जे सामथ्र्य छ त्यसैको विकासमा लाग्नुुपर्ने धारणा राख्नुु भयो । सो अवसरमा महासंघका कोषाध्यक्ष सुकुुन्तलाल हिराचनको पनि उपस्थिति थियो ।

संघका नवनिर्वाचित अध्यक्ष शिव प्रसाद मानन्धरले संघले महासंघसंग सदैव संस्थागत सहकार्य गर्दै आएको र आफ्नो कार्यकालमा पनि त्यो रहीरहने प्रतिवद्धता जनाए । आफ्नो नेतृत्वको भावी योजना सुुनाउंदै अध्यक्ष मानन्धरले पर्यटन विकासमा वर्तमान कार्यकाल विशेष रुपमा केन्द्रित हुने बताए ।

स्थानीय निकायले जथाभावी उठाएका करहरु रोकिनुुपर्ने र चेम्वर कानून ल्याउनुु पर्नेमा जोड दिंदै त्यसमा सहयोग गर्न आग्रह गरे । साथै उनले संघले वर्षभरि गर्ने कार्यक्रमका विषयमा छिट्टै कार्यशाला गरी तय गर्ने पनि जानकारी गराए ।

कोभिडले थलिएको अर्थतन्त्रको पुनरुत्थानका लागि महासंघले ल्याउने कार्यक्रममा संघकातर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाए । संघका नवनिर्वाचित पदाधिकारीहरु, कार्य समिति सदस्यहरुको नेतृत्व गर्दै महासंघ सचिवालयमा आउनुभएका अध्यक्ष माननन्धरले निजी क्षेत्रको एकतामा पनि जोड दिए।

वि.सं.२०७८ पुस १९ सोमवार १८:०५ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पताल बीच सम्झौता

ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पताल बीच सम्झौता

वि.सं.२०७९ साउन २४ मंगलवार १६:३१

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र धनगढीमा रहेको माया...

स्वस्तिक लघुवित्तको नाफामा गिरावट, कस्तो छ अन्य सूचक ?

स्वस्तिक लघुवित्तको नाफामा गिरावट, कस्तो छ अन्य सूचक ?

वि.सं.२०७९ साउन २४ मंगलवार १५:०४

काठमडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९...

कस्तो छ मनकामना स्मार्ट लघुवित्तको वित्तीय अवस्था ?

कस्तो छ मनकामना स्मार्ट लघुवित्तको वित्तीय अवस्था ?

वि.सं.२०७९ साउन २४ मंगलवार १४:५०

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष...

नेपाल बैंकको अध्यक्षमा ज्ञवाली

नेपाल बैंकको अध्यक्षमा ज्ञवाली

वि.सं.२०७९ साउन २४ मंगलवार १३:५०

काठमाडौं। नेपाल बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा गंगाप्रसाद ज्ञवाली चयन...

कस्तो छ युनिक नेपाल लघुवित्तको वित्तीय प्रगति ?

कस्तो छ युनिक नेपाल लघुवित्तको वित्तीय प्रगति ?

वि.सं.२०७९ साउन २४ मंगलवार १३:४४

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले ९ करोड बढी...

शिवम् सिमेन्ट्सले बोलायो विशेष साधारण सभा, यस्ता छन् एजेन्डा

शिवम् सिमेन्ट्सले बोलायो विशेष साधारण सभा, यस्ता छन् एजेन्डा

वि.सं.२०७९ साउन २४ मंगलवार १३:१०

काठमाडौं । शिवम् सिमेन्ट्सले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न विशेष...