back
NMB ad

सिद्धार्थ बैंकको ‘जेन-जेड’ बचत खाता: आकर्षक ब्याजदर, निःशुल्क बीमा लगायतको सुविधा

Kumari bank ad

एडभर्टोरियल

नयाँ पुस्तालाई लक्षित गरी सिद्धार्थ बैंकमा छुटै किसिमको नयाँ बचत खाता सञ्चालनमा रहेको छ ।

जेन जेड बचत खाता यस्तो किसिमको योजना हो, जुन खातामा सन् १९९५ अर्थात(वि.सं.२०५१) साल वा यसपछि जन्मिएका व्यक्तिहरू विशेष लाभान्वित हुनेछन् ।

ग्राहकलक्षित समय सुहाउदो विभिन्न योजनाहरु समय समयमा सार्वजनिक गर्दै आम ग्राहकहरुसँगको सम्बन्धलाई प्रगाढ बनाउन सफल बैंक पुर्ण रुपमा प्रविधि मैत्री बैंक हो ।

नयाँ पुस्तालाई लक्षित गरी ल्याइएको यस बचत खाता यस पुस्ताको लागि एक उपहारस्वरुप रहनेछ भने सार्वजनिक गरिएको यस खातालाई बैंकले नयाँ जेनेरेशनको ‘नयाँ जेन–जेड’ नाम दिएको छ ।

यसबाट यो कुरा बैंकले पुष्टि गर्न चाहेको छ कि २१ औं शताब्दिको अहिलेको समयमा बैंकिङ पहुँच सर्वव्यापी हुनु जरुरी छ ।

समयको परिवर्तन एवं मानिसको बैकिङ्ग क्षेत्रसँगको पहुँचको विकाससँगै वित्तीय साक्षरता पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

सरकारले प्रत्येक नागरिक समक्ष बैंकिङ पहुँच पु¥याउने उद्देश्यका साथ ‘खोलौं बैंक खाता’ अभियान सञ्चालन गरिरहेको अहिलेको समयमा नयाँ उमेर समूहका लागि लक्षित गर्दै बैंकले यो योजना सञ्चालनमा ल्याएको हो ।

‘नयाँ जेन–जेड’ बचत खाता अन्तर्गत बचत गर्ने ग्राहकले विभिन्न आकर्षक अफरहरू समेत पाउनेछन् । प्रबिधिले धानेको अहिलेको समय ‘डिजिटल’ समय हो । व्यस्त समयको सारथीका रूपमा बैंकले डिजिटल सेवा सुविधालाई नयाँ पुस्तामा समेत प्रदान गरेको छ ।

तपाईंको बचतमा अब सिद्धार्थ बैंकले दिन्छ आकर्षक ब्याजदर :

नयाँ पुस्तालाई लक्षित गर्दै बैंकले यस बचतमा आकर्षक ब्याजदरको अवसर दिएको छ । नयाँ जेनेरेसनको ‘जेन–जेड’ बचत योजनामा हाललाई बैंकले ५.०५ प्रतिशत ब्याजदर लागू गरेको छ ।

बैंकले समय परिस्थिती अनुसार मूल्यांकन गर्दैै यस ब्याजदरलाई आवश्यकता अनुसार परिमार्जन गर्न सक्नेछ । बैंकले निशुल्क रूपमा अनलाइन खाता खोल्न सकिने व्यवस्था समेत गरेको छ ।

अन्य सुविधाहरू अझै आर्कषक :

तपाईंलाई लाग्न सक्छ कि सिद्धार्थ बैंकको यस योजनामा सहभागी हुँदा के कस्ता सुविधाहरू पाउन सकिन्छ ? नयाँ पुस्तालाई बैंकिङ क्षेत्रमा प्रोत्साहन तथा सहभागी गराउनका लागि बैंकले विभिन्न विशेषता तथा सुविधाहरू यस योजनामा समाविष्ट गरेको छ ।

बैंकले यस योजनामा सहभागी हुने ग्राहकहरूलाई २ वर्षसम्म डेविट कार्ड निशुल्क उपलब्ध गराउने छ । यस्तै खाता खोलेको पहिलो एक वर्षसम्मका लागि बैंकले क्रेडिट कार्डको निशुल्क व्यवस्था गरेको छ ।

पछिल्लो समय डिजिटल समय हो । विश्वका अधिकांश मुलुकसँगै नेपालमा पनि कोरोना भाइरस (कोभिड–१९)को महामारी पश्चात इन्टरनेट प्रयोगले सुचना प्रबिधिमा ठुलो फड्कोे मारेको छ ।

महामारीको समयमा अनावश्यक भिडभाड हुन नदिन तथा ग्राहकको स्वास्थ्य एवं सहजताका लागि यस बचत खातामा बैंकले इन्टरनेट बैंकिङ तथा स्मार्ट/मोबाइल बैंकिङ २/२ वर्षसम्मका लागि निशुल्क उपलब्ध गराउने छ । यस योजनामा सहभागी ग्राहकहरूको लागि यो अर्को महत्वपुर्ण सुविधा हो ।

सेयर बजारमा निशुल्क प्रवेश :

पछिल्लो समय सेयर बजारमा लगानी सहज एवम् सरल माध्यम बन्दै गएको छ । सेयर बजारमा ग्राहकहरूको उपस्थितीका लागि बैंकले विशेष सुुविधा ल्याएको छ ।

उक्त योजनामा सहभागी हुने ग्राहकहरूले सेयर बजारमा प्रवेश गर्नका लागि आवश्यक डिम्याट खाता, मेरो सेयर सेवा २ वर्षसम्मका लागि बैंकले निशुल्क उपलब्ध गराउनेछ । अर्थात ग्राहकहरूले उक्त सेवा लिनका लागि २ वर्षसम्म कुनै शुल्क लाग्ने छैन ।

उक्त योजनामा सहभागी ग्राहकहरूका लागि बैंक स्मार्टमा आईपीओ/एफपीओ/हकप्रद सेयर, म्युचल फण्ड अलर्ट, भाइबर बैंकिङ, एबीबीएस, खाताको स्टेटमेन्ट, ई–कमर्स कारोबार (नेपाल भित्रको लागि मात्र) कनेक्ट आइपीएस दर्ता लगायतको सुविधा रहेको छ ।

यसका साथसाथै ग्राहकहरूले उक्त बचत खातामा डिमाण्ड ड्राफ्ट जारी शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

यस्तै शैक्षिक कर्जाको प्रशासनिक शुल्कमा ०.२५ प्रतिशत छुट र सिद्धार्थ बैंक स्मार्ट एपमार्फत पहिलो रिचार्ज गर्दा ५ प्रतिशतसम्मको छुट सुविधा पाउनेछन् ।

५ लाखसम्मको दुर्घटना बीमा :

बैंकले उक्त बचत खाता योजनामा सहभागी ग्राहकहरूको बीमाको समेत सुविधा दिएको छ ।

उक्त योजनामा सहभागी ग्राहकहरूले ५ लाख रुपैयाँसम्मको पूर्ण शारीरिक अशक्तता र दुर्घटना मृत्यु बीमा सुविधा पाउनेछन् ।

बीमा सुविधा लाभ प्राप्त गर्नका लागि भने ग्राहकले आफूले खोलेको जेन–जेड खातामा न्यूनतम मौज्दात १० हजार रुपैयाँ कायम हुन जरुरी छ ।

वि.सं.२०७८ पुस २० मंगलवार ०८:५७ मा प्रकाशित

You can share this post!

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...