back
NMB ad

सूर्या लाइफ इन्स्योरेन्सका लगानीकर्ताले पाए १३.३६८४ प्रतिशत लाभांस

Kumari bank ad

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको तेह्रौं वार्षिक साधारणसभामार्फत लाभांश प्रस्ताव पारित गरेको छ । कम्पनीको पौष १९ गते विराटनगर स्थित होटल हैरिसन प्यालेसमा एजीएम सम्पन्न भएको हो ।

सञ्चालक समितिका अध्यक्ष केशव प्रशाद भट्टराईको अध्यक्षतामा भएको उक्त साभारणसभाले हाल कायम चुक्ता पूँजीको १२.७० प्रतिशत बोनस शेयर तथा ०.६६८४ प्रतिशत नगद लाभांश गरी १३.३६८४ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बोनस शेयर वितरण पश्चात् कम्पनीको चुक्ता पूजी बृद्धि भई २ अर्ब ५५ करोड २ लाख ८२ हजार १ सय रुपैयाँ कायम हुनेछ ।

सभाले कम्पनीको संस्थापक र सर्वसाधारण शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित गर्नुका साथै संचालक समितिमा संस्थापक शेयरधनी समुह “क” बाट प्रतिनिधित्व गर्ने ४ जना संचालक र सर्वसाधारण शेयरधनी समूह “ख” बाट प्रतिनिधित्व गर्ने २ जना संचालकहरुको निर्वाचन समेत सम्पन्न गरेको छ ।

संस्थापक शेयरधनी समुह “क” बाट केशव प्रसाद भट्टराई, हेमन्त नाहटा, विशाल अग्रवाल र विवेक झा निर्वाचित भएका छन् भने सर्वसाधारण शेयरधनी समूह “ख” बाट कृति टिवडेवाल र बीरेन्द्र बाबु श्रेष्ठ निर्वाचित भएका हुन् ।

कम्पनीले चालु आ.व. २०७८–७९ को मंसिर मसान्तसम्म देशभरिका आफ्ना १३५ शाखा सञ्जालमा ४९ हजार ७१७ अभिकर्ताहरु मार्फत १ लाख २२ हजार ९७० बीमालेखबाट २ अर्ब १ करोड ८५ लाख ७१ हजार ३१८ रुपैयाँ बीमाशुल्क आर्जन गर्नुका साथै कुल दावी भुक्तानी २९ करोड १८ लाख ६७ हजार ३१० रुपैयाँ गरेको जनाएको छ ।

वि.सं.२०७८ पुस २० मंगलवार ११:०९ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...