काठमडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको चौंथो वार्षिक साधारण सभा पुस ३० गते हुने भएको छ । पुस ८ गते बसेको संचालक समितिको ९७औं बैठकले सभा गर्ने निर्णय गरेको थियो ।
सभामा आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्नेछ ।
सोही सभाले लेखापरीक्षण प्रतिवेदन सहित आव २०७७/७८ को असार मसान्तको वासलात २०७७ साउन १ गतेदेखि २०७८ असार ३१ गतेसम्मको नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरणसहित सम्वन्धित अनुसूचीहरु तथा एनएफआरएस बमोजिम वित्तीय विवरण पारित गर्नेछ ।
यसकाा साथै सभाले चालु आर्थिक वर्ष २०७८/७९ को लागि बाह्य लेखापरीक्षको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
वि.सं.२०७८ पुस २० मंगलवार ११:१३ मा प्रकाशित