back
NMB ad

सर्वाधिक रोजाईमा महिन्द्रा बोलेरो पिकअप : माग अनुसार पुर्याउनै गाह्रो, किन बन्यो लोकप्रिय ?

Kumari bank ad

काठमाडौं । नेपाली बजारमा महिन्द्राको बालेरो पिकअप एकदमै लोकप्रिय बनेको छ ।

नेपाली बजारमा सबैभन्दा धेरै बिक्री हुनेको सूचिमा रहेको सो पिकअप सामान ओसार–पसारका साथै यात्रु बोक्ने काममा समेत प्रयोग हुँदै आएको छ ।

बोलेरो ग्रामिण भेगमा यात्रु ओसार–पसार गर्न र निजी सवारीको रुपमा समेत प्रयोग हुँदै आएको छ । बोलेरो पिकअप व्यक्तिगत प्रयोजनदेखि परियोजनासम्मका लागि उपयोगी सवारी मानिन्छ ।

नेपालको लागि अग्नि अग्नि इन्कर्पोरेटेड प्रा.लिले महिन्द्रा गाडीको आधिकारिक रुपमा बिक्री वितरण गर्दै आएको छ । अग्निको देशभर ७१ भन्दा बढी डिलर र शाखाहरू सम्मिलित बृहत नेटवर्क छ ।

आधिकारिक वितरक अग्नि अग्नि इन्कर्पोरेटेडका अनुसार सवारी बिक्री गर्न तर्फ मात्र केन्द्रित नभई ग्राहकमुखी सेवा, चुस्त सर्भिस तथा स्पेयर पार्टहरुको सर्व सुलभतातर्फ विशेष ध्यान दिने गरेकाले पनि लोकप्रिय बनेको हो ।

कम्पनीले सर्वसुलभ तरिकाले ग्राहकहरुलाई स्पेयर पार्टहरु उपलब्ध गराउँदै आएको छ । स्पेयरपार्टको सहज उपलव्धताको कारण सेवाग्राहीले समस्या भोग्न नपरेको कम्पनीको दाबी छ ।

गाडीका सबै चक्कामा बराबर पावर डिष्ट्रिव्युट भई गुड्ने भएकाले सामान सहित धेरै अफरोड यात्रा गर्नेहरुको रोजाइमा बोलेरो पर्न सफल भएको अग्नि अग्नि इन्कर्पोरेटेडका मार्केटिङ म्यानेजर चन्दन सिंहले बताए । नेपाली बजारमा उछलब्ध पिकअपहरु मध्ये बोलेरो पहाडको राजा भनेर प्रख्यात छ ।पछिल्लो समय बोलेरो पिकअप आयात कम भएकाले ग्राहकको माग बमोजिम उपलब्ध गराउन नसकिएको ले मागेजति उपलव्ध गराउन नसकिएको माकेटिङ म्यानेर सिंहले बताए ।

महिन्द्राको कार, पिकअप र एसयूभीका विभिन्न मोडेलहरु नेपालमा उपलब्ध छन् । कम्पनीले सबै वर्गका मानिसका लागि उपयुक्त हुने खालका सवारी साधान उत्पादन गर्दै आएको छ ।

न्यू बोलेरो पिकअप

बोलेरो पिकअप पहिलेको भन्दा अझ लामो, अझै शक्तिशाली र बलियो बनेर आएको छ । सो पिकअपको भार क्षमता १७ सय केजी रहेको छ ।

यो २७६५ एमएम (९फिट) बराबरको सबभन्दा लामो कार्गो डेक र ७० बिएचपी पावरको पिकअप हो । यसको नयाँ भित्री सजावट, फराकिलो आरामदायी सिटहरू र अन्य धेरै विशेषताहरू रहेका छन् ।

महिन्द्रा पिकअपको डिजाईन, बडी च्यासिस र मेटल बम्पर मजबुत रहेको छ । यसमा ९ पत्तिको बलियो स्प्रिङ सस्पेन्सन, डबल बियरिंग एक्सेल ठुलो, टिकाउ र बलियो (१५ इन्च), १२ पिआर भएको चौडा टायर छ । जसले धेरै भारमा पनि राम्रो नियन्त्रण गर्दछ ।

यसमा सिटहरु ढल्काउन मिल्ने, हेडरेस्ट, अगाडी पछाडी स्लाईड गर्न मिल्ने सुविधासहितको रहेको छ । ठुलो क्याबिन, आरामदायी पावर स्टेरिङ, मोबाइल चार्जिङ प्वाइन्टको सुविधा र एसयूभीको जस्तै सजिलै गियर परिर्वन गर्न सकिन्छ ।

कुन मोडेलको कति पर्छ मूल्य ?

महिन्द्रा गाडीले बोलेरो पिकअप अन्तर्गत विभिन्न ६ मोडलहरुको छुटाछुट्टै मूल्य निर्धारण गरेको छ । जसमध्ये महिन्द्रा बोलेरो पिकअप म्याक्सी ट्रक प्लस २ डब्ल्यूडी सिंगल क्याब (२५२३ सीसी) को १९ लाख ५० हजार रुपैयाँ मूल्य निर्धारण गरेको छ ।

यस्तै, बोलोरो पिकअप क्याम्पर एससी एक्सेल एबि २डब्ल्यू सिंगल क्याबको २३ लाख, महिन्द्रा बोलेरो पिकअप २ डब्ल्यूडी पि/एस १.५ टी ठुलोमा सिंगल क्याबको २६ लाख रुपैयाँ पर्दछ ।

त्यसैगरि, क्याम्पर एससी–४ डब्ल्यूडी सिंगल क्याब २५ लाख रुपैयाँ, क्याम्पर डीसी २डब्ल्यूडी पि/एस डबल क्याबको २६ लाख १५ हजार र क्याम्पर डीसी ४ डब्ल्यूडी पि/एस डबल क्याबको २८ लाख ४० हजार रुपैयाँ तोकेको छ ।

अन्य माडेल र यसको मूल्य सूची हेर्नका लागि यहाँ क्लिक गर्नुहोस ।

वि.सं.२०७८ पुस २० मंगलवार १७:०१ मा प्रकाशित

You can share this post!

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

मनमोहन अधिकारीको २५औँ स्मृति दिवस सन्दर्भ: राजनेता मनमोहन अधिकारीलाई सम्झिँदा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३२

काठमाडौँ, १३ वैशाख : मनमोहन अधिकारी नेपालको कम्युनिष्ट पार्टीभन्दा पनि...

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा ३ अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख १३ बिहीवार १५:१९

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट...