back
Mega Long Ad

सहकारी बिनाको आर्थिक विकास असम्भवः प्रदेश प्रमुख शेरचन

ललितपुर । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनलले मुलुकको आर्थिक विकासमा सहकारी क्षेत्रको अहम भूमिका रहेको बताए । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभाको एकाई (५) अन्तर्गत लुम्बिनी प्रदेश स्तरीय सभाको मंगलबार तिलोत्तमा नगरपालिका रुपन्देहीमा उद्घाटन पछि बोल्दै शेरचनले यस्तो बताएका हुन् ।

विपन्न समुदायका जनताको आर्थिक विकासका लागि सहकारी मोडेलको योजना आवश्यक हुन्छ, प्रदेश प्रमुख शेरचनले भने–‘सहकारीको सहभागिता बिना आर्थिक विकास सम्भव छैन ।’

जनताको स–सानोपूँजी र प्रविधिमार्फत आय–आर्जन गराउन सहकारीको भूमिका महत्वपूर्ण रहदै आएको भन्दै उनले अबको सम्पूर्ण ध्यान कृषि क्षेत्रको उत्पादन, प्रशोधन र बजारीकरणमा लगाउन सकियो भने मात्र आर्थिक विकासमा फड्को मार्न सकिने कुरामा जोड दिए । उनले सहकारी बैंकले पनि उत्पादनमुलक क्षेत्रमा बढी भन्दा बढी लगानी गर्न सके जनताले चाहे जस्तो आर्थिक विकास सम्भव रहेको बताए ।

लुम्बिनी प्रदेश सरकारले प्रदेशका विभिन्न जिल्लामा सहकारीद्वारा उद्योग संचालन गर्नु पर्ने भन्दै सहकारीलाई व्यवसायिक गराउन सहकारी ऐन र अन्य ऐन, नियममा देखिएका समाधान गरेर अगाडि बढ्नु पर्नेमा उनको जोड थियो ।

साधारणसभामा बैंकका अध्यक्ष के.बी उप्रेतीले संञ्चालक समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीहरुको प्रवद्र्धनकालागि सहकारी बैंकले वित्तीय कारोबारसंगै संस्थागत विकास, व्यवसायिक कारोबारमा समेत सहयोग गर्ने अध्यक्ष उप्रेतीले बताए ।

बैंकले चालु आर्थिक वर्षको अन्त्यसम्म शेयर पुँजी ३ अर्ब ५० करोड, निक्षेप संकलन ७८ अर्ब १ करोड, कर्जा लगानी ४९ अर्ब भन्दा बढी गरी ८६ अर्ब १७ करोड भन्दा बढीको कुल कारोवार गर्ने लक्ष्य लिएको अध्यक्ष उप्रेतीले जानकारी दिए ।

बैंकमा हाल ३ अर्ब शेयर पुँजी र यसलाई बढाएर ८ अर्ब पु¥याउने लक्ष्य रहेको उप्रेतीको भनाइ छ ।
कार्यक्रममा लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सदस्य मित्रराज दवाडी, विनियम संशोधन संञ्चालक ध्रुव नारायाण यादव, कार्यविधि संशोधन प्रस्ताव तथा बैककको केन्द्रीय कार्यालयको लागि भवन निर्माण सम्बन्धमा सञ्चालक तथा नीतिनियम निर्माण उपसमितिका संयोजक रामहरि बजगाईले प्रस्तुत गर्नु गरेका हुन् ।

ककाअध्यक्ष के.बी उप्रेतीको अध्यक्षतामा भएको साधारण सभामा जिल्ला सहकारी संघ लिमिटेड. रुपन्देहीका अध्यक्ष एवंम् राष्ट्रिय सहकारी महासघका संचालक भिम तुलाचन, राष्ट्रिय सहकारी महासंघका सञ्चालक रामकृष्ण खाँड, नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय सहकारी संघ लिमिटेड.(नेफस्कुन) बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, महासचिव दामोदर अधिकारी, लुम्बिनी प्रदेशको आर्थिक मामिला तथा सहकारी मन्त्रालयको सहकारी महाशाखाका रजिस्ट्रार प्रेम आचार्य, प्रदेश सहकारी संघ लुम्बिनीका अध्यक्ष प्रेम सुवेदी, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा लुम्बिनी प्रदेशस्तरको पुरस्कार समेत वितरण गरिएको थियो । लुम्बिनी प्रदेश अन्तरगत उत्कृष्ट हुने बचत तथा ऋण तर्फको पुरस्कार जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड तिलोत्तमा नगरपालिका वडा नम्बर–१५, रुपन्देही र बचत तथा ऋण बाहेकका सहकारीहरु मध्ये देउराली कृषि सहकारी संस्था लिमिटेड बैजनाथ नगरपालिका वडा नम्बर–३, बाँकेलाई पुरस्कार वितरण गरिएको हो ।

शाखातर्फ उत्कृष्ट र नियमित कारोवार गर्ने बुटवल शाखा कार्यालय अन्तर्गत एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेड बुटवल उत्कृष्ट र इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बुटवल नियमित, दाङ शाखा कार्यालय अन्तर्गत घोराही बचत तथा ऋण सहकारी संस्था लिमिटेड उत्कृष्ट र नबी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बर्दघाट शाखा कार्यालय तर्फ सर्वाङ्गिण कृषि सहकारी संस्था लिमिटेड सुनवल–१, लाई उत्कृष्ट, संकल्प बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बर्दघाट–४, नियमित, कोहलपुर शाखा कार्यालय तर्फ एभरेष्ट कृषि सहकारी संस्था लि. बैजनाथ–४ उत्कृष्ट, आस्था बहुउद्देश्यीय सहकारी संस्था लि. कोहलपुर–११, बाँकेलाई नियमित कारोबार गर्ने सहकारी संस्थाहरुको नाम बैंकको संञ्चालक एवम् शिक्षा तालिम तथा सम्मान उप–समितिको संयोजक सरिता भट्टराईले घोषणा गरेकी हुन् । शाखा तर्फको उत्कृष्ट र नियमित कारोबार गर्ने सहकारी संस्थाहरुलाई पछि कार्यक्रमको आयोजना गरि वितरण गर्ने बैकले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशबाट पुस १६ गते देखी सुरु भएको साधारणसभा पुस २२ गते एकाई ४ अन्तर्गत गण्डकी प्रदेशका सम्पूर्ण जिल्लाका प्रतिनिधिहरुका लागि पोखरा सभागृहमा हुदैछ ।
त्यसैगरी पुस २४ गते एकाई ३ अन्तर्गत बागमतीप्रदेशका सम्पूर्ण जिल्लाका प्रतिनिधिहरुका लागि काठमाडौ, पुस २६ गते एकाई २ अन्तर्गत प्रदेश नम्बर–२ का सम्पूर्ण जिल्लाका प्रतिनिधिहरुको लागि जनकपुरधाममा र पुस २८ गते एकाई १ अन्तर्गत प्रदेश नम्बर–१ का सम्पूर्ण जिल्लाका प्रतिनिधिहरुका लागि मोरङमा हुने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए ।

वि.सं.२०७८ पुस २१ बुधवार ११:०९ मा प्रकाशित

You can share this post!

prabhu bank
ढुङ्गा, गिटी उत्खननसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

ढुङ्गा, गिटी उत्खननसम्बन्धी सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

वि.सं.२०७९ असार १६ बिहीवार १८:१०

काठमाडौं । सर्वोच्च अदालतले ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा...

भकुण्डेवेशी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई लुम्बिनी विकास बैंकको सहयोग

भकुण्डेवेशी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई लुम्बिनी विकास बैंकको सहयोग

वि.सं.२०७९ असार १६ बिहीवार १८:०१

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पोखराका दुई सहकारीलाई सहकारी बैंकको व्यवसाय पुरस्कार

पोखराका दुई सहकारीलाई सहकारी बैंकको व्यवसाय पुरस्कार

वि.सं.२०७९ असार १६ बिहीवार १७:२५

पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा शाखाले पोखराका दुईवटा...

७७ वटै जिल्लामा शाखा विस्तार गर्ने निजी क्षेत्रको पहिलो बैंक बन्यो ग्लोबल आइएमई बैंक

७७ वटै जिल्लामा शाखा विस्तार गर्ने निजी क्षेत्रको पहिलो बैंक बन्यो ग्लोबल आइएमई बैंक

वि.सं.२०७९ असार १६ बिहीवार १७:१७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले कर्णाली प्रदेशको डोल्पा जिल्ला...

नेपाल बैंकको संचालकमा ज्ञवाली नियुक्त

नेपाल बैंकको संचालकमा ज्ञवाली नियुक्त

वि.सं.२०७९ असार १६ बिहीवार १६:३९

काठमाडौं । नेपाल बैंकको संचालक समितिमा गंगाप्रसाद ज्ञवाली नियुक्ति हुनुभएको...

बीपीडब्लु लघुवित्तले आईपीओ जारी गर्ने, अनुमतिका माग्दै बोर्डमा दियो निवेदन

बीपीडब्लु लघुवित्तले आईपीओ जारी गर्ने, अनुमतिका माग्दै बोर्डमा दियो निवेदन

वि.सं.२०७९ असार १६ बिहीवार १६:१६

काठमाडौं । बीपीडब्लु लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्ने भएको...