back
NMB ad

यातायातको सुविधाले व्यावसायिक सुन्तला खेतीमा किसानको आकर्षण

Kumari bank ad

उदयपुर । उदयपुरको रौतामाई गाउँपालिका- ४ र ६ निगालेका किसानहरू अहिले व्यावसायिक सुन्तालाखेती तर्फ आकर्षित भएका छन् । गाउँमै यातायातको सुविधा पुगेपछि सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि किसाकहरू सुन्तला खेतीतर्फ आकर्षित भएका हुन् ।

पहिला बाजे पुर्खाहरूले खान, बाँड्न र सामान्य बेच्न लगाएको दुई चार झ्याङ सुन्तला अहिले जीविकोपार्जनमा परिणत भएको किसान जीवन राईले बताए । राईका अनुसार पुरानो बोटबाट आम्दानी लिँदै र अन्य बिरुवाहरू लगाउने क्रम बढ्दो छ ।

एकै परिवारले ५०० वटाभन्दा बढी सुन्तलाको बिरुवा लगाएर व्यवस्थित तरिकाले सुन्तला खेती गर्दै आएका छन् । परम्परागत रूपमा मकै कोदो लगाउँदै आएको खेतीयोग्य जमिनहरूमा अहिले सुन्तला लगाउन थालिएको किसानहरूले बताउँछन् । गाउँमा यातायातको सुविधा पुगेसँगै बजारमा एकै पटकमा धेरै सुन्ताला बजारसम्म पुर्‍याउन सकिने भएको हुँदा सुन्तला खेतीमा किसानको आकर्षण बढेको हो । जसबाट उनीहरूले राम्रो आम्दानी पनि गरेका छन् ।

निगालेमा उत्पादित सुन्तला अहिले गाईघाटमा एक करोडभन्दा बढी भित्रिने अनुमान गरिएको सुन्तला किसान रामकुमार राईले बताए । उनका अनुसार एकै घरबाट वार्षिक पाँचदेखि ६ लाखसम्म सुन्तला बिक्री गर्दै आएका छन् ।

वर्षभरिको खेतीपातीले तीन महिना खान पुग्दैन तर एउटा सुन्तलाको झ्याङबाट १० हजारसम्म पैसा लिन सकिने किसान गणेश राईले बताए । न्युज कारखाना

वि.सं.२०७८ पुस २१ बुधवार १२:४२ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...