back
NMB ad

विदेशमा शाखा खोल्न बैंकको मागः पुँजी पलायनको बैधानिक मार्ग

Kumari bank ad

भिमा पन्थी
काठमाडौँ । बैंक तथा वित्तिय संस्था परिसंघ नेपाल(सिबिफिन)ले गत शुक्रबार विदेशमा शाखा खोल्नका लागि राष्ट्र बैंकसँग माग गरेको छ । नेपाली बैंकहरुले भारत, चीनलगायतका देशमा शाखा खोली नेपालको व्यापार व्यावसायमा थप योगदान दिन सक्ने भन्दै नेपाल राष्ट्र बैंकसँग सो माग गरेका हुन् ।

उनीहरुले विदेशमा शाखा खोल्ने माग गरिरहदा नेपालका तीन स्थानीयत तहमा भने अझै बैंकले शाखा खोल्न सकेको छैन । धादिङको रुवीभ्याली, जाजरकोटको जुनीचाँदे र बझाङको काँडा गाउँपालिका भने अझैपनि बैंक शाखा पुग्न सकेको छेन । राष्ट्र बैंकले साढे दुई वर्षअघि प्रत्येक पालिकामा बैंकको शाखा पुर्याउने लक्ष्य राखेको थियो ।

सिबिफिनका अध्यक्ष पवन गोल्यान बैंकहरुले सधै नाफा मात्र हेर्ने नभएर वित्तिय साक्षरताको साथै देश विकासमा पनि योगदान दिइरहेको दावी गर्छन् । तर विदेशमा शाखा खोल्ने माग गरिरहदा नेपालका तीन स्थानीय तहको बारेमा भने उनको वेवास्ता छ । यसबाट नै विदेशमा शाखा खोल्ने नाममा बैंकका सन्चालकहरुको कुनै  स्वार्थ छ, भन्ने बुझ्न सकिन्छ ।

नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार बाणिज्य बैंकहरुले अहिले पनि विदेशमा सम्पर्क कार्यालयहरु खोलेर सेवा दिइरहेका छन् । विदेशमा शाखा नै विस्तार गर्ने कुरालाई राष्ट्र बैंकले भने सकारात्मक रुपमा लिएको छैन । केन्द्रिय बैंकका एक उच्च अधिकारीका अनुसार सन्चालकहरुको भित्रि स्वार्थका कारण विदेशमा शाखा खोल्न माग गरेका हुन् ।

विदेशमा शाखा खोलेपनि सहज तथा बैधानिक रुपमा नै नेपालबाट आफ्नो रकम बाहिर लैजान पाउने भएकोले बैंकका सञ्चालकहरुले सो माग गरेको केन्द्रिय बैंकको बुझाइ रहेको छ ।
विदेशमा शाखा खोल्दा कुनैपनि देशमा आफ्नो सम्पत्ति देखाउनुपर्ने हुन्छ । विदेशी मुद्रामा आफ्नो सम्पत्ति देखाउनका लागि राष्ट्र बैंकबाट डलर लैजानुपर्छ । चाहिने भन्दा बढी सम्पत्ति देखाएर नेपालबाट सहजै रुपमा रकम बाहिर जान सक्ने भएकोले यो मागप्रति राष्ट्र बैंक मौन रहेको छ ।

केन्द्रिय बैंकका अनुसार नीतिगत रुपमा यस्तो व्यवस्था गर्दा गम्भीर रुपमा अध्ययन गर्नुपर्छ । राष्ट्र बैंकका सहायक प्रबक्ता नारायण पोखरेलले विदेशमा बसेर बैंकिङ अप्रेसन गर्न विदेशी मुद्रा चाहिन्छ ,त्यो मुद्रा नेपाल राष्ट्र बैंकले नै व्यवस्थापन गर्नुपर्ने भएकोले निक्कै कठिन रहेको धारण राख्छन् ।

नेपाल जस्तो आयातमा निर्भर अर्थतन्त्र भएको देशमा विदेशी मुद्राको सन्चिति पर्याप्त हुन जरुरी छ । त्यसमाथि पनि डलर रेमिट्यान्समा निर्भर गर्नुपर्ने भएकोले पनि डलरको व्यवस्था गर्न राष्ट्र बैंकलाई थप कठिन पर्छ । उसैपनि पछिल्लो समयमा डलरको सञ्चिति घट्दै गइरहेको छ ।

अर्थविद् चन्द्मणि अधिकारीले विदेशमा शाखा खोल्नका लागि लगानी नीतिमा परिर्वतनका साथै हाम्रा बैंकहरुको व्यावस्थापकीय, वित्तीय र प्राविधिक क्षमता हुनुपर्ने धारणा राखे । “शाखा खोल्न पाउँ भन्नु नराम्रो कुरा होईन तर, त्यसका लागि अन्तराष्ट्रिय बैंकिङ पद्धति, कानुन र णालीसँग जोडिनुपर्ने हुन्छ, यसको लागि हाम्रो लगानीको नीति परिर्वतनका साथै बैंकको वित्तीय, प्राविधिक तथा व्यावस्थापकीय पक्ष बलियो हुनुपछ । ति सवै कुरा बैंकले परिपुर्ति गर्न सक्नुपर्छ साथै यसविषयमा गहिरो अध्ययन पनि जरुरी छ ।’

अर्थविद् अधिकारीले बाहिर शाखा खोल्दा हुने फाइदा बेफाइदा र सम्भावनाको सन्दर्भमा राष्ट्र बैंक, योजना आयोग र अर्थमन्त्रालयले अध्ययन गरेर यदि गर्न सकिन्छ भन्ने निणर्यमा पुग्ने हो भने मात्रै बल्ल नीति नियम तथा के कसरी गर्ने भन्ने विषयको आधारमा अगाडी बढ्न सकिने बताए ।
‘नेपालको तत्कालिन बैंकिङ अवस्था हेर्दा यो सम्भव नदेखिने उनको आशय छ ।

उनी भन्छन् “अहिले नेपालमै बैंक सञ्चालन गर्दा पर्याप्त क्षमता नपुगेको कारण समस्या भोग्नुपरिरहेको अवस्था छ । एटीएम कार्ड ह्याक, एटीएम बुथहरु चोरी तथा बैंकिङ प्रणालीको सुरक्षा अभाव लगायतका समस्याहरु बैकिङ सिष्टमले भोगिरहेका छन्, नेपाली बैंकहरु विदेशी बैंकसँग प्रतिपष्पर्धा गर्न सक्दैनन् ।’ डा.अधिकारीले भने ।

“विदेशी बैंकहरु नेपालमा आएका छन् भने नेपाली पनि जान सक्छन् तर यद्यपी विदेशी बैंकहरुले नेपालमा नेपाली बैंकहरुले जस्तो व्यावसाय गर्न पाउँदैनन्, उनीहरुलाई निश्चित कार्यक्षेत्र भित्र रहि काम गर्न दिईएको छ, सोही अनुरुप नेपाली बैंकहरुले पनि विदेशमा शाखा विस्तार गर्न सक्छन् ।, साथै यसले नेपालको वित्तीय प्रणालीमा कस्तो असर पर्छ? हाम्रो पैसा बाहीर मात्रै जान्छ कि आउँछ पनि सबै कुराको गहन अध्ययन जरुरी छ ।”

त्यस्तै अर्का अर्थशास्त्री शंकर शर्माले सामान्यतया रेमिट्यान्स र पर्यटकलाई कभरेज गर्न सकेभने विदेशमा नेपाली बैकिङ व्यावसाय राम्रो हुने बताउँछन् । यद्यपी विदेशमा शाखा विस्तार गर्न बढी लागत लाग्ने हुँदा नेपालका बैंकहरुलाई हम्मेहम्मे हुने उनको बुझाई छ । “विदेशी मुलुकहरुमा त्यहाँको रेगुलेशन एकदमै कडा छ, मनिटरीङ, सुरपभिजनको लागि लागत बढी लाग्छ जुन बैंकहरुको अहिलेको अवस्था हेर्दा त्यो तिर्न सक्ने अवस्था देखिदैन ।” उनी भन्छन् ।

नेपाल सरकारको लगानी नीति अनुसार नेपालबाट कुनै पनि किसिमको लगानी बाहीर लैजान मिल्दैन । तर विदेशमा शाखा विस्तार गर्दै गर्दा लगानी बाहीरिने ठुलो सम्भावना हुन्छ । केही सिमित कामहरु मात्रै गर्न पाउने गरी विदेशमा बैंकहरुलाई शाखा खोल्न दिन भने मिल्ने शर्माको भनाई छ ।

वास्तवमा भन्ने हो भने विदेशी बैंकहरुको प्रणालीमा आबद्ध हुन सक्ने हैसियत नेपाली बैंकहरुको देखिदैन । तर विदेशमा लगानी गर्ने नाममा भने केही व्यापारी व्यवसायीहरुले भने आफ्नो पुँजी बाहिर लैजान्छन् ।

अर्थविद् चन्द्रमणी अधिकारी त अझ लगानी ऐनमा नै संशोधन गर्नुपर्ने बताउँछन् । “अहिले नेपाल सरकारको कानून अनुसार कुनैपनि किसिमले बाहिर लगानी गर्न मिल्दैन । शाखा बाहीर विस्तार गर्दा यसको चुनौति बढ्छ, जहाँसम्म मलाई लाग्छ यो निती नै परिमार्जन गर्नुपर्ने अवस्था आउन सक्छ ।”

त्यस्तै अर्का अर्थविद डा.रघुविर विष्टले विप्रेषणमा आधारित डलर सञ्चिति हुने हाम्रो जस्तो सानो अर्थतन्त्रमा विदेशमा शाखा खोल्नु जोखिमयुक्त नै भएको बताउँछन् । नियामक निकायहरुबाट नीतिगत कुराहरुमा केही सुस्तता हुनेवित्तिकै अहिलेको लगानी ऐन विपरित पुँजी पलायत हुन सक्ने सम्भावना रहेको डा.विष्टको भनाई रहेको छ ।

वि.सं.२०७८ पुस २१ बुधवार १४:५५ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...