काठमाडौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पोषकराज पौडेललाई निरन्तरता दिने भएका छन् । कम्पनीको सञ्चालक समितिको निर्णयलाई बीमा समितिले आज स्वीकृति दिएसँगै उनको कार्यकाल दोहोरिएको हो ।
कम्पनीको निर्णयलाई समितिले दुई वटा कागजपत नपुगेको भन्दै म्याद थपको स्वीकृत गर्न ढिलाई गरेको थियो । अपुग पत्र आएपछि स्वीकृति दिइएको समितिका संयोजक राजुरमण पौडेलले बताए ।
वि.सं.२०७८ पुस २१ बुधवार १५:३३ मा प्रकाशित