काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले ११ करोड ८० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।
कम्पनीले ११ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि पुस ११ गते निवेदन दिएको हो । कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि ११ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।
कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दालाई निष्कासन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।
आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
वि.सं.२०७८ पुस २२ बिहीवार ११:५० मा प्रकाशित