back
Mega Long Ad

नेपाली फिल्म ‘कठपुतली’ हेर्नेलाई आइफोन १२ उपहार

काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘कठपुतली’ हेर्न आउने दर्शकले आइफोन १२ उपहारका रुपमा पाउने भएका छन् । फिल्मले पहिलो सप्ताहन्तसम्म राम्रो व्यापार गरेको दाबी गर्दै निर्माण युनिटले दर्शकका लागि उपहार योजना ल्याएको हो ।

निर्माण युनिटका अनुसार फिल्म हेर्नका लागि काटेको टिकटसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नेहरुमध्ये गोला प्रथाबाट एकजनालाई एप्पल कम्पनीको ‘आइफोन १२’ प्रदान गरिनेछ ।

एक टिकट एक जनाको लागि मात्र मान्य हुने र टिकट नम्बरको आधारमा मान्यता जाँच हुने निर्माण पक्षले जनाएको छ । नेपालभर जुनसुकै हलबाट काटिएको टिकटसँग सेल्फी फोटो खिचेर सबैले देख्नेगरी अर्थात ‘पब्लिक पोष्ट’ कुनै पनि सामाजिक सञ्जालमा राख्नुपर्ने हुन्छ ।

त्यसरी फोटो राख्दा ’क्याप्सन’मा ‘ह्यासट्याग कठपुतली ह्यासट्याग विनआइफोन’ लेख्नुपर्ने हुन्छ । ह्यासट्याग प्रयोग गरि फोटो पोष्टको सुचना फिल्म टीमले प्राप्त गर्नेछ । ‘लक्की ड्र’मार्फत आगामी १ फेब्रुअरीमा विजेता घोषणा गरी उपहार दिइनेछ ।

भीमसेन लामा निर्देशित फिल्ममा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय छ ।

वि.सं.२०७८ पुस २२ बिहीवार ११:५२ मा प्रकाशित

You can share this post!

नबिल बैंक सञ्चालक समितिका अध्यक्ष पौडेलले लिए सपथ ग्रहण

नबिल बैंक सञ्चालक समितिका अध्यक्ष पौडेलले लिए सपथ ग्रहण

वि.सं.२०७८ माघ ६ बिहीवार १२:००

काठमाडौँ । नबिल बैंकको संचालक समितिको अध्यक्षमा पुनः चयन भएका...

सांग्रिला विकास बैंकको मुनाफा ५८ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचकहरु

सांग्रिला विकास बैंकको मुनाफा ५८ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचकहरु

वि.सं.२०७८ माघ ६ बिहीवार ११:४२

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो...

फेरि बढ्यो पेट्रोलियम पद्धार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

फेरि बढ्यो पेट्रोलियम पद्धार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

वि.सं.२०७८ माघ ५ बुधवार २१:३६

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूलय बढाएको छ...

यस्तो छ ग्लोबल आईएमई बैंकले निकालेको अत्यन्त जरुरी सूचना !

यस्तो छ ग्लोबल आईएमई बैंकले निकालेको अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ माघ ५ बुधवार १८:११

काठमाडौं । ग्लोबल आईएमई बैंकले आन्तिरिक सजावट (निर्माण) का कार्यका...

रा.वा. बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

रा.वा. बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

वि.सं.२०७८ माघ ५ बुधवार १७:२९

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७ औं वार्षिकोत्सवको अवसरमा...

घटेको बजारमा बुद्धभुमि र सामालिङ्ग पावरको सेयर मूल्यमा उछाल

घटेको बजारमा बुद्धभुमि र सामालिङ्ग पावरको सेयर मूल्यमा उछाल

वि.सं.२०७८ माघ ५ बुधवार १६:५७

काठमाडौँ । आज सेयर बजारमा गिरावट आएको छ । बजार...