back
NMB ad

सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा नेपाल बैंकको डिजिटल बैंकिङ् साक्षरता कार्यक्रम

Kumari bank ad

काठमाडौं । नेपाल बैंक लिमिटेडले पुष ०५ गते सुदूरपश्चिम प्रदेश अन्र्तगत कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका, पुष ११ गते एमिटि कलेज,महेन्द्रनगर र पुष १४ गते सुदूरपश्चिम विश्वविद्यालय, केन्द्रीय क्याम्पस महेन्द्रनगरमा डिजिटल बैकिङ् वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बिद्यार्थीहरुलगायत समाजका सबै बर्गलाई डिजिटल बैकिङ् सम्वन्धि जानकारी गराई डिजिटल बैकिङ् प्रविधिहरुमा अभ्यस्त गराउने साथै वित्तीय पहुंच अभिबृद्धि गराउने उद्देश्यले सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका र पोखरा विश्वविद्यालयको बिबिए अध्यापन गराउदै आएको एमिटि कलेज र सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरमा नेपाल बैंक सुदूरपश्चिम प्रदेशको पहलमा उक्त कार्यक्रमहरु आयोजना गरिएको थियो ।

भिमदत्त नगरपालिकामा संचालीत डिजिटल बैकिङ् वित्तीय साक्षरता कार्यक्रममा भिमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्ट र सामाजिक कार्यक्रम प्रमुख गोमा अवस्थिको उपस्थिति रहेको थियो । नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाका शाखा प्रबन्धक महेश राज जोशीले डिजिटल बैकिङ् वित्तीय साक्षरता सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रमको उद्घघाटन गर्दै नगर प्रमुख सुरेन्द्र विष्टले नगद रहित अर्थतन्त्रको अवधारणा विकास हुदै गएकोले आम नागरिकले वित्तीय रुपमा पनि साक्षर हुनुपर्ने बताउदै नेपाल बैंकसंगको आत्मीय सम्बन्ध र यस बैंकले प्रवाहगर्दै आएको ग्राहकमैत्री सेवाहरुको चर्चा गर्नुभएको थियो ।

यस कार्यक्रममा १२५ जना स्थानियको सहभागिता रहेको थियो । त्यसैगरि एमिटि कलेज महेन्द्रनगरमा संचालीत डिजिटल बैकिङ् वित्तीय साक्षरता कार्यक्रममा कलेजका प्रधानाध्यापक रबिन्द्र अवस्थि, कलेजका बोर्ड सदस्य डा. नरेद्र बहादुर चन्दर बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख जनकप्रशाद सुवेदीको उपस्थिति रहेको कार्यक्रममा ८० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरमा संचालीत डिजिटल बैकिङ् वित्तीय साक्षरता कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालय ब्यवस्थापन संकायका डिन प्रा. डा. पदम राज जोशी र सुदूरपश्चिम विश्वविद्यालय ब्यवस्थापन विभागका विभागीय प्रमुख शंकर दत्तभट्टको उपस्थिति रहेको थियो ।

वि.सं.२०७८ पुस २२ बिहीवार २१:१३ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...