काठमाडौं । कामना सेवा विकास बैंककले सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर जम्मा गरिदिएको छ ।
बैंकले गत कात्तिक २३ गते सम्पन्न १५औं साधारण सभाबाट पारित १८.५ प्रतिशत बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो ।
कम्पनीले कात्तिक ९ गतेसम्म सेयर अभौतिकीकरण गराएका सेयरधनीको हितग्राही खातामा उक्त बोनस सेयर जम्मा गरिदिएको हो ।
उक्त मिति पश्चात अभौतिकीकरण गराएका सेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित सेयरधनीको हितग्राही खातामा सेयर जम्मा गरिने भएकाले सेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ ।
वि.सं.२०७८ पुस २३ शुक्रवार ११:२९ मा प्रकाशित