back
NMB ad

साढे ७ अर्ब बढीको आईपीओ निष्काशन गर्दै २९ कम्पनी, कुनको कति कित्ता ? (सूचीसहित)

Kumari bank ad

काठमाडौं । विभिन्न २९ कम्पनीहरुले आईपीओ निष्काशनका लागि नियामक निकायमक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

आईपीओ निष्काशनका लागि १९ वटा जलविद्युत कम्पनी, ६ वटा लघुवित्त, २ बीमा र अन्य दुई कम्पनीहरुले बोर्डमा निवेदन दिएका हुन् ।

यी कम्पनीहरुले ७ अर्ब ५१ करोड ४६ हजार ४ सय रुपैयाँ बराबरको ६ करोड ८४ लाख २६ हजार ४ कित्ता आईपीओ निष्काशन गर्न लागेका हुन् ।

धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र कम्पनीहरूको सेयर निष्कासन प्रक्रिया सुरु हुनेछ । तर, चार महिनायता बोर्डको अध्यक्ष रिक्त हुँदा सेयर निष्कासनका लागि स्वीकृति हुन सकेको छैन ।

तत्कालीन बोर्ड अध्यक्ष भिष्म ढुंगानाले सर्वोत्तम सिमेन्टको सेयर भित्रि कारोबार गरेको खुलेपछि सरकारले उनलाई असोज दोस्रो साता सरकारले बर्खास्त गरेको थियो ।

अनुमतिको पर्खाईमा रहेका मध्ये सबैभन्दा बढी आईपीओ रिलायवल लाइफ इन्स्योरेन्सको रहेको छ । कम्पनीले १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ ।

कम्पनीले ६० लाख कित्ता आईपीओ निष्काशनका लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीले सेयर मूल्यमा ११२ रुपैयाँ प्रिमियम थप गरि २१२ रुपैयाँमा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।

सेयर निष्कासनका लागि आवेदन दिएका कम्पनीहरूमध्य सयपत्री हाइड्रोपावर, मोलुङ हाइड्रोपावर, रिलायबल लाइफ इन्स्योरेन्स, थ्री स्टार हाइड्रोपावर, राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन, सिवाईसी लघुवित्त वित्तीय संस्था, आदर्श लघुवित्त वित्तीय संस्था, स्वेतगंगा हाइड्रो, मन्दाकिनी हाइड्रो, सिक्लेस हाइड्रो, सुपरमाई हाइड्रोपावर, साञ्जेन जलविद्युत र इस्टर्न हाइड्रोपावरको प्रारम्भिक समीक्षा भइरहेको बोर्डले जनाएको छ ।

यसैगरी डिस मेडिया नेटवर्क, आईएमई लाइफ इन्स्योरेन्स, उपकार लघुवित्त वित्तीय संस्था, रिभर फल्स पावर कम्पनीको आवेदनको प्रारम्भिक समीक्षा गरी कम्पनीलाई प्रतिक्रिया पठाइएको बोर्डले जानकारी दिएको छ ।

विन्धावासिनी हाइड्रोपावर, हिमालयन हाइड्रोपावर कम्पनी, बलेफी हाइड्रोपावर, ग्रिन भेन्चरर्स लिमिटेड, नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था, दोर्दी खोला जलविद्युत् कम्पनी, अप्पर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनी, अप्पर हेवा खोला कम्पनी, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र इमर्जिङ नेपालको आवेदन स्वीकृतिको अन्तिम चरणमा रहेको बोर्डले जनाएको छ ।

कुनको कति ?


वि.सं.२०७८ पुस २३ शुक्रवार १४:०४ मा प्रकाशित

You can share this post!

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...