back
Mega Long Ad

अन्तरिक्षमा आफ्नो अनुभव सुनाउँदै जापानका अर्बपति मइजवा भन्छन्, बुलेट रेलमा चढेजस्तै लाग्यो

एजेन्सी । अन्तरिक्षमा १२ दिन बिताएर गत महिना पृथ्वीमा फर्किएका जापानका अर्बपति युसाकु मइजवाले रोलकोस्टर चढेर पृथ्वीमा पागल हुनुभन्दा अन्तरिक्षमा रहनु आनन्दमय भएको बताएका छन् ।

४६ वर्षीय मइजवा यही डिसेम्बरमा अन्तरिक्षमा पुगेका थिए । उनी पछिल्लो एक दशकभित्र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो अन्तरिक्ष पर्यटक हुन् ।

‘जब तपाई अन्तरिक्षमा जानुहुन्छ, तपाईलाई पृथ्वीमा दिक्क लाग्छ,’ उनले भने, ‘तपाई आभारी हुनुपर्छ कि अन्तरिक्षमा पनि हावा, गन्ध र मौसम हुन्छन् ।’

उनले अन्तरिक्षमा शून्य गुरुत्वाकर्षणमा चिया बनाउनेदेखि भित्री वस्त्रको अभावजस्ता विषयमा सामाजिक सञ्जालमा आफ्ना फलोअर्स अनुभव साटेका थिए । आफूलाई अन्तरिक्षमा कहिल्यै त्रास अनुभूति नगरेको उनले बताएका छन् ।

पृथ्वीबाट अन्तरिक्षमा जाने क्रममा आफूले निकै आनन्द महशुस गरेको उनले बताए । ‘बुलेट रेलमा यात्रा गरेजस्तै अनुभव भयो । झ्याबाट बाहिर हेरेपछि मात्र अन्तरिक्षतर्फ लागेको अनुभूति भयो ।’

वि.सं.२०७८ पुस २३ शुक्रवार १४:०६ मा प्रकाशित

You can share this post!

साढे चार अर्बको मौलाकाली केबुलकार निर्माण सुरु, स्थानीयलाई ४९ प्रतिशत सेयर

साढे चार अर्बको मौलाकाली केबुलकार निर्माण सुरु, स्थानीयलाई ४९ प्रतिशत सेयर

वि.सं.२०७८ माघ ६ बिहीवार १४:३७

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल मौलाकालिका...

नबिल बैंक सञ्चालक समितिका अध्यक्ष पौडेलले लिए सपथ ग्रहण

नबिल बैंक सञ्चालक समितिका अध्यक्ष पौडेलले लिए सपथ ग्रहण

वि.सं.२०७८ माघ ६ बिहीवार १२:००

काठमाडौँ । नबिल बैंकको संचालक समितिको अध्यक्षमा पुनः चयन भएका...

फेरि बढ्यो पेट्रोलियम पद्धार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

फेरि बढ्यो पेट्रोलियम पद्धार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

वि.सं.२०७८ माघ ५ बुधवार २१:३६

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूलय बढाएको छ...

यस्तो छ ग्लोबल आईएमई बैंकले निकालेको अत्यन्त जरुरी सूचना !

यस्तो छ ग्लोबल आईएमई बैंकले निकालेको अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ माघ ५ बुधवार १८:११

काठमाडौं । ग्लोबल आईएमई बैंकले आन्तिरिक सजावट (निर्माण) का कार्यका...

रा.वा. बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

रा.वा. बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

वि.सं.२०७८ माघ ५ बुधवार १७:२९

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७ औं वार्षिकोत्सवको अवसरमा...

घटेको बजारमा बुद्धभुमि र सामालिङ्ग पावरको सेयर मूल्यमा उछाल

घटेको बजारमा बुद्धभुमि र सामालिङ्ग पावरको सेयर मूल्यमा उछाल

वि.सं.२०७८ माघ ५ बुधवार १६:५७

काठमाडौँ । आज सेयर बजारमा गिरावट आएको छ । बजार...