back
NMB ad

सनराइज बैंकले बिना धितो शून्य प्रतिशत ब्याजदरमा ३ लाख रुपैयाँ ऋण दिने !

Kumari bank ad

काठमाडौं । सनराइज बैंकले ‘कपाल प्रत्यारोपण’ योजना ल्याएको छ ।

बैंकले आफ्ना ग्राहकले आफ्नो आवश्यकतालाई भविष्यका लागि थाती राख्न नपरोस् भनेर ‘बाई नाउ पे लेटर’ योजनाअन्तर्गत विभिन्न सेवा र सुविधाका ईएमआई फ्यासिलिटी दिँदै आएको छ ।

यसै क्रममा बैंकले पृथक किसिमको सेवा ‘कपाल प्रत्यारोपण’मा पनि ईएमआई प्यासिलिटी ल्याएर सहजीकरण गरिदिएको हो ।

उक्त सेवालाई अझै सहजीकरण गर्न र ग्राहकलाई एकैचोटि आर्थिक भार पर्न नदिन सनराइज बैंकले सिद्धार्थनगर सिटी अस्पतालसँग सम्झौता गरी ईएमआईमा कपाल प्रत्यारोपण गर्ने व्यवस्था गरेको छ ।

गत पुस १९ गते सिद्धार्थनगर सिटी हस्पिटलमा भएको एक कार्यक्रममा हस्पिटलका प्रबन्ध निर्देशक अर्जुन पौडेल, डर्माटोलोजी विभाग प्रमुख चन्द्र मोहन शाह र बैंकका शाखा प्रमुख हरिहर सुवेदीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अस्पतालले सनराइज बैंकसँग सहकार्य गरेर किस्ताबन्दी सुविधा दिएको छ ।

बैंकले प्रत्यारोपणका लागि ५० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म यस्तो ऋण बिना धितो नै शून्य ब्याजदरमा उपलब्ध गराउने छ ।

अठार महिनासम्म किस्तामा तिर्न मिल्ने ऋणका लागि आयस्रोत भने खुलाउनुपर्ने जनाइएको छ । लग्जरी सुविधा भएकाले एकैपटक शुल्क तिर्न गाह्रो हुनेलाई लक्षित गरेर ऋणको व्यवस्था गरिएको बैंकले जनाएको छ ।

यसअघि पनि बैंकले चितवनस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पताल, काठमाडौंको कोटेश्वरस्थित के३३ हेयर होटल, विशालनगरस्थित एरोजिन हेल्थ केयर एन्ड रिसर्च सेन्टर, बालुबाटारस्थित हेल्दी च्वाइस न्युट्रिसन एन्ड फिटनेस क्लिनिक र पोखराको फेवा हेल्थ केयरमा कपाल प्रत्यारोपण/प्रतिस्थापन गर्न आउने सेवाग्राहीलाई यस्तो सुविधा दिने सम्झौता गरिसकेको छ ।

वि.सं.२०७८ पुस २३ शुक्रवार ०९:१० मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...