काठमाडौँ । नेपाल बीमक संघको अध्यक्षमा सगरमाथा इन्स्योरेन्सका सिईओ चंकी क्षेत्री चयन भयका छन् । संघको शुक्रबार भएको वार्षिक साधारण सभाले उनलाई अध्यक्षमा चयन गरेको हो ।
त्यसैगरी संस्थाको उपाध्यक्षमा सिद्धार्थ इन्स्योरेन्सका सीईओ वीरेन्द्रबहादुर बैदवार, महासचिवमा नेको इन्स्योरेन्सका सीईओ अशोककुमार खड्का महासचिव, कोषाध्यक्षमा आइएमई जनरल इन्स्योरेन्सका सीईओ योगेशभक्त बादे श्रेष्ठ चयन भएका छन् ।
यसअघि शिखर इन्स्योरेन्सका सीईओ दीपप्रकाश पाण्डे संस्थाको अध्यक्ष थिए
वि.सं.२०७८ पुस २३ शुक्रवार ११:३९ मा प्रकाशित