back
NMB ad

विदेशी प्रविधि वा सामाग्री आयातको सम्झौता गर्दा उद्योग विभागको स्वीकृति अनिवार्य

Kumari bank ad

काठमाडौं । कुनैपनि नेपाली उद्योगीहरुले विदेशी प्रविधि वा सामाग्री आयात गर्नका लागि सम्झौता गर्नुअघि उद्योग विभागको अनिवार्य स्वीकृति लिनुपर्ने भएको छ ।

विभागले सुचना जारी गरी ५ हजार डलर तथा एक लाख भारु भन्दा माथिको विदेशी प्रविधि वा सामाग्री आयात गर्नुअघि सम्झौता गर्नकै लागि पनि विभागको स्वीकृति अनिवार्य बनाएको हो । यदि जानकारी नदिइ निवेदन आएमा त्यस्तो लगानी स्वीकृत नहुने विभागले जनाएको छ।

पछिल्लो समयमा विभिन्न कम्पनीहरुले विदेशमा भुक्तानी पठाउनका लागि निवेदन दिनेको संख्यामा बृद्धि भएपछि विभागले शंका गरेर सो सुचना जारी गरेको हो । पछिल्लो समयमा विदेशमा भुक्तानी गर्ने कम्पनीहरुको संख्यामा ह्वात्तै बृद्धि भएपछि शंका लागेका कारण यस्तो व्यवस्था गरिएको विभागले जनाएको छ ।

त्यस्तै पछिल्लो समयमा देशमा विदेशी मुद्रा सञ्चितिमा समस्या भएका कारण पनि राष्ट्र बैंकले विदेशी मुद्राको भुक्तानीमा कडाइ गरेपछि विभागले पनि यस विषयमा कडाइ गर्न थालेको कम्पनीले जनाएको छ ।

 

वि.सं.२०७८ पुस २५ आइतवार १२:१८ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...