काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको लाभांश बीमा समितिले स्वीकृत गरेको छ । कम्पनीको २७ प्रतिशत लाभांश समितिले स्वीकृत गरेको हो ।
समितिले पुस २५ गते कम्पनीको २५ प्रतिशत बोनस सेयर र करहित २ प्रतिशत नगद लाभांश समितिले स्वीकृत गरेको हो ।
उक्त लाभांश अब कम्पनीको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भए पश्चात वितरण हुनेछ ।
वि.सं.२०७८ पुस २६ सोमवार १२:४२ मा प्रकाशित