back
NMB ad

अर्थमन्त्री नै बाफियाबारे अनविज्ञः बैंक सञ्चालकहरुलाई भने “तपाईहरु विदेशमा शाखा खोल्नुस”

Kumari bank ad

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बैंक सञ्चालकहरुलाई विदेशमा शाखा खोल्न आग्रह गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले आज राजधानीमा आयोजना गरेको संस्थाको दोस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो अभिव्यत्ति दिएका हुन् ।

“साउथ कोरियामा तपाईहरु कसले खोल्ने हो शाखा ? शाखा खोल्नुस, स्वीकृति लिनुहोस । बैकिङ्ग प्रणालीबाट अलिक नआएको भनेको कोरियाबाट हो भन्ने बुझेको छु, त्यहाँ हाम्रो बैंकका शाखाहरु रहेनछन्, तपाईहरु कसैलेपनि खोल्न सक्नुहुन्छ । बरु भन्नुस त्यसको लागि के सहयोग चाहिन्छ । इजरायल, जापान लगायतका देशहरुमा यस्तो समस्या रहेछ, सिधै बैंकिङ्ग प्रणालीमार्फत रेमिट्यान्स ल्याउनका लागि के समस्या छन् भन्ने कुराको पहिचान भएका छन्, त्यस्ता देशहरुमा पनि यहाँहरुको भूमिका होस भन्ने म चाहन्छु ।” उनले भने ।

अर्थमन्त्रीको उक्त अभिव्यक्तिबाट यो पुष्टि हुन्छ कि उनलाई बैंक तथा बित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) भन्ने नै थाहा छैन । यदि बाफिया सम्बन्धमा केही ज्ञान भएको भए उनले यसरी गैर जिम्मेवारी पूर्वक बैंक सञ्चालकहरुलाई विदेशमा शाखा खोल्न आग्रह गर्ने थिएनन् । उनलाई थाहा हुनुपर्ने हो कि नेपाली बैंकहरुले अहिलेको कानुन अनुसार विदेशमा शाखा सञ्चालन गर्न पाउने व्यवस्था नै छैन भनेर ।

केही दिन अघिमात्रै सिबिफिनले राष्ट्रबैंकलाई विदेशमा शाखा सञ्चालन गर्न पाउनुपर्ने माग राखेको छ । सिबिफिनको माग प्रतिवेदन अनुसार राष्ट्र बैंकलाई यस सम्बन्धमा अध्ययन गर्नको लागि सल्लाह दिएको जस्तो देखिन्छ । किनकी सिबिफिनकै एक पदाधिकारीले माग राख्दा साथ राष्ट्र बैंकले अनुमति दिने भन्ने नहुने र राष्ट्र बैंकले अनुमति तत्कालै दिए शाखा खोलिहाल्छौँ भन्ने अवस्थामा बैंकहरु पनि नरहको बताउँछन् ।

अर्थमन्त्री शर्माको विदेशमा शाखा खोल्न आवस्यक सहयोग गर्छु भन्ने अभिव्यत्तिबाट यो पनि स्पष्ट हुन्छ कि उनलाई आफ्नो कार्यक्षेत्रको बारेमा पनि पनि ज्ञान छैन । बैंक तथा वित्तीय संस्थाको लागि शाखा विस्तार लगायतका सम्पूर्ण नियमन सम्बन्धि कार्य अर्थमन्त्रालय नभई राष्ट्र बैंकले गर्छ भन्नेमा पनि उनी जानकार नभएको स्पष्ट देखिन्छ ।

यसो त, अर्थमन्त्री शर्माले यो भन्दा अगाडी नै एक सार्वजनीक कार्यक्रमै आफुले अर्थशास्त्र नजानेको स्विकारी सकेका छन् । “अर्थशास्त्र भनेको के होला ? मलाई थाहा छैन ।” भन्ने उनको अभिव्यक्ति सामाजिक सञ्जालमा भाईरल बनेको थियो ।

त्यस्तै, अर्थमन्त्री शर्माले बैंकहरुलाई क्षेत्र विस्ता गर्न आग्रह समेत गरेका छन् । उनले भने “हामीले भर्खरै एउटा नीति लिएका छौँ जसले तपाईहरु(बैकरहरु)लाई क्षेत्र विस्तार तथा लगानी ल्याउन सजिलो भएको छ । अब विदेशी मुद्रामा सजिलै खाता खोल्दीन सक्नुहुन्छ ।”

साथै अर्थमन्त्री शर्माले नीतिगत सहजिकरण गरिसकको बताउँदै गैर आवासिय नेपालीहरुले विदेशमा नेगेटीभ ब्याजदरमा डिपोजीट गरेकोे पैसा यहाँको पोजेटिभ ब्याजदरमा ल्याउन आग्रह गरे । उनले थपे “यसमार्फत थुप्रै पैसा नेपालमा लगानीको रुपमा आउने सम्भावना देखेको छु मैले ।”

विश्वभरका नेपालीहरुको डलर खाता सञ्चालनका लागि प्रचारप्रसार गर्न समेत आग्रह गरे । साथै कतिपय बैंकहरुले सुरु गरेको जानकारी गराउँदै बधाई समेत दिए ।

साथै यो पहलबाट तरलता अभावको समस्या दीर्घकालिन रुपमा समाधान हुन सहयोग पुग्ने उनको भनाई छ ।

र, यो पनि, 

विदेशमा शाखा खोल्न बैंकको मागः पुँजी पलायनको बैधानिक मार्ग

वि.सं.२०७८ पुस २६ सोमवार १४:५८ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...