back
Mega Long Ad

भोलिदेखि विद्यालय बन्द गर्ने निर्णय ! (विज्ञप्तिसहित)

काठमाडौं । भोलिदेखि माघ १५ गतेसम्म विद्यालय बन्द हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही पुस २७ गतेदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

सोमबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले पुस २७ गतदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय जनाएको छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को सिफारिसका आधारमा मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

जारी विज्ञप्तिमा भनिएको छ– “हालैका दिनमा कोभिड–१९ को सङ्क्रमण तीव्ररूपमा फैलिनाका साथै ओमिक्रोन भेरियन्टको सङक्रमणकोसमेत बढ्न थालेकाले विद्यार्थीको स्वास्थ्य, सुरक्षा तथा बचावटका लागि विशेष ध्यान दिँदै देशभरका सबै आधारभूत तथा माध्यमिक विद्यालयको वार्षिक बिदामा मिलान हुने गरी यही पुस २७ गतेदेखि २०७८ माघ १५ सम्म बिदा दिने निर्णय गरिएको छ ।”

वि.सं.२०७८ पुस २६ सोमवार १३:५४ मा प्रकाशित

You can share this post!

विद्यालय बन्द भएसँगै अभिभावक र विद्यार्थी चिन्तित

विद्यालय बन्द भएसँगै अभिभावक र विद्यार्थी चिन्तित

वि.सं.२०७८ पुस २९ बिहीवार १५:२१

सप्तरी । कोरोनाभाइरस संक्रमण बढेपछि शिक्षण संस्था बन्द भएसँगै सप्तरीका...

विद्यार्थीका लागि अत्यान्तै जरुरी सूचना, आइएमई फाउन्डेसनद्वारा छात्रवृत्ति आह्वान

विद्यार्थीका लागि अत्यान्तै जरुरी सूचना, आइएमई फाउन्डेसनद्वारा छात्रवृत्ति आह्वान

वि.सं.२०७८ पुस २९ बिहीवार ११:०६

काठमाडौँ । सूचना प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका...

धमाधम बन्द हुन थाले शिक्षण संस्था

धमाधम बन्द हुन थाले शिक्षण संस्था

वि.सं.२०७८ पुस २८ बुधवार १४:५१

महोत्तरी । संघीय सरकारले शिक्षण संस्था बन्द गर्न निर्देशन दिएसँगै...

माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिसिएमसीको सिफारिस

माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिसिएमसीको सिफारिस

वि.सं.२०७८ पुस २५ आइतवार २०:११

काठमाडौं । कोभिड-१९ व्यवस्थापन समिति(सिसिएमसी) को बैठकले आगामी माघ १५...

नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित

नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित

वि.सं.२०७८ पुस १८ आइतवार १६:५३

विराटनगर । नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विराटनगरले अतिरिक्त शुल्क...

विद्यालयमा पानी अभाव : महिनावारी हुँदा विद्यालय नै जादैनन् छात्रा

विद्यालयमा पानी अभाव : महिनावारी हुँदा विद्यालय नै जादैनन् छात्रा

वि.सं.२०७८ पुस १८ आइतवार १६:२१

बागलुङ । बागलुङको जैमिनी नगरपालिका-८ छिस्तीको जनकल्याण माध्यमिक विद्यालयमा खानेपानीको...