back
NMB ad

तरलता अभाव छिट्टै समाधान नभए मुलुकको अर्थतन्त्र स्लो डाउन हुन्छः शेखर गोल्छा

Kumari bank ad

काठमाडौँ । उद्योग तथा वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले तरलता अभावको समस्याले अझै निरन्तरता पाईरहेमा मुलुकको अर्थतन्त्र स्लो डाउनमा जाने बताए । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल सिबिफिन) को दोस्रो बार्षिक साधारण सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष गोल्छाले अहिलेको प्रमुख समस्या भनेको ‘तरतला अभाव’ भएको बताए । तरलता व्यवस्थापनको समस्या आउनुमा मुख्यतय पुजीँगत खर्च नहुनु, नीति गत समस्या तथा उत्पादनशिल क्षेत्रमा लगानी बढाउन नसक्नु जस्ता कारण रहेको अध्यक्ष गोल्छाले बताए ।

यद्यपी सरकारलाई मात्रै दोषारोपण गर्नुभन्दापनि सबै क्षेत्रहरु उत्तिकै दोषी तथा जिम्मेवार रहेको उनको भनाई छ ।
“अहिलेको परिस्थितिमा राष्ट्र बैंकलाई पनि दोषि मान्नै पर्छ, किनभने राष्ट्र बैंकले खासगरी पुरातनवादी सोचका साथ नीति लियो । यसले गर्दा पनि यस्तो अवस्था आएको हो ।” उनले भने –“पक्कै पनि ओभर हिट भएको इकोनमीलाई व्यवस्थापन गर्न सिडी रेसियोको अवधारण लिईयो होला, तर यति कडाईका साथ लिन जरुरी थियो कि थिएन यो आफैमा बहसको कुरा हो ।”

संकटको समयमा बैंकहरुपनि बचाउनु पर्ने भएपनि अहिलेको अवस्थामा यति कडाईका साथ राष्ट्र बैंकले नीति ल्याउनुमा उनले आपत्ति जनाएका छन् ।

साथै मुलुकको अर्थतन्त्रको धेरै भाग ओगटेको रेमिट्यान्सकोसहि व्यवस्थापन हुन नसकेको कारण पनि तरलता समस्या भएको उनको भनाई छ । “रेमिट्यान्स पक्कै पनि आएको छ, बैंकिङ्ग प्रणालीमार्फत मात्रै नआएको हो ।” उनले भने । साथै रेमिट्यान्सलाई पूर्णतया बैंकिङ्ग प्रणलीमा आबद्ध गराउन नीतिगत सुधार गनरेसम्म तरलता समस्या रहिरहने उनले बताए ।

गोल्छाले सहि समयमा राष्ट्र बैंकले पूर्वानुमान लगाउन नसक्दा अहिलेका परिस्थिति उत्पन्न भएको आरोप लगाएका छन् । यता तरलता अभावको समस्या आउनुमा नीजि क्षेत्र पनि उत्तिकै दोषि भएको बताए । “नीजि क्षेत्र बढी नाफामुलक भए, देशमै उत्पादनशित क्षेत्रमा लगानी गरनन् र धेरै आयात गरे भनेर हामीलाई दोष लगाईन्छ । यसमा पनि केही सत्यता होला तर वास्तवमा स्वदेशी उत्पादन तथा सञ्चालन खर्च बढी नै महँगो पर्न जाने हुँदा यसको रिक्स लिन नसक्नु निजी क्षेत्रको कमजोरी पनि हो । तर यसको सहजिकरणका लागि केही मागका आवाज उठाईरहेको जानकारी गराउँदै भावनाले मात्रै औद्योगीक क्षेत्रमा लगानी नबढ्ने बताए ।

उनले भने “औद्यगीक क्षेत्रमा लगानी बढाउने हो भने वास्तविक समस्याको पहिचान गरि समाधान गर्न आवस्यक छ । वास्तविक समस्या भनेको लागत बढी हुनु हो लागत कम गर्नको लागि पूर्वाधार विकास हुनु अत्यावस्यक छ ।” यद्यपी नेपालका नीजि क्षेत्रपनि दोषि छन् ।

साथसाथै अहिलेको तरलता व्यवस्थापनको समस्यामा बैंक तथा वित्तीय संस्थाहरु पनि उत्तिकै दोषि भएको अध्यक्ष गोल्छाले बताए । बैंक तथा वित्तीय संस्था पनि लगानीकर्ताप्रति उत्तरदायी भई नाफा कमाउन चाहँदै गर्दा संकटको समयमा कर्जा प्रवाहमा प्राथमिकताकरण र परिस्थितिलाई मूल्याङकन गर्न नसक्नु बैंकहरुको कमजोरी रहेको औल्याए । साथै बैंकहरुले प्रयाप्त तरलता हुँदा पनि उत्तेजित भएर लगानी गर्ने प्रवृतिले पनि अहिलेको अवस्था सृजना हुनमा थप मद्धत पुगेको बताए ।

उनले अहिलेको परिस्थितिको जिम्मेवार जनता पनि भएको बताए । जनतामा बचतको प्रवृति नहुनाले पनि अहिलेको समस्या निम्तिएको बताए ।

समग्रमा सबै क्षेत्रहरु कुनै न कुनै तवरबाट दोषि रहेको उनको भनाई रहेको छ । साथै तरलता व्यावस्थापन त्यत्ति सजिलो विषय नभएको जानकारी गराउँदै एक अर्काे क्षेत्रलाई दोषारोपण गरेर समाधान नहुने बताउँछन् ।

कार्यगत एकताको साथ समस्याको जरोसम्म पुग्न जरुरी रहेको बताए । यद्यपी तरलता अभावको समस्या छिट्टै समाधान नभए अर्थतन्त्र स्लो डाउन हुने निश्चित रहेको उनको भनाई छ । यो परिस्थिति सहजिकरण नभएमा आर्थिक वृद्धिदर ७ प्रतिशत नभई ३ प्रतिशतमै कायम रहन कठिन नहुने उनले बताए । साथै यहि वृद्धिदरलाई पनि ठुलो प्राप्ति मान्नुपर्ने अवस्था आउन सक्ने उनको आँकलन रहेको छ ।

साथै तरलता समस्याले निरन्तरता पाईरहने हो भने उत्पादनशिल क्षेत्रमा लगानी कम हुने बताए । अल्पकालिन लगानीमा प्रोत्साहन मिल्ने विगतका परिणामहरुले निर्देशित गरेको बताए ।
यसले गर्दा उद्योगमा चाहिने दिर्घकालिन लगानीको प्रतिवद्धता बैंकहरुले गर्न नसक्ने परिस्थिति आउन सक्ने औल्याए । जुन हाम्रो अर्थतन्त्रको लागि दिर्घकालिन घातकको रुपमा रहको बताए ।

फलस्वरुप भोलीका दिनमा राजस्व संकलनमा कमि आई राज्य सञ्चालनमा समेत कठिनाई हुनुका साथै आगमी दिनमा सोधानान्तर घाटामा पनि थप वृद्धि भई आधारभुत बस्तुको आयातको लागि पनि समस्या आउने पक्का रहको उनको भनाई छ ।

वि.सं.२०७८ पुस २६ सोमवार १८:०२ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...