back
NMB ad

शाओमीको आधिकारिक स्टोर बनेपा र बालाजुमा, स्टोर संख्या दोब्बर पार्ने लक्ष्य

Kumari bank ad

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले बनेपा र बालाजुमा आफ्नो आधिकारिक स्टोर खोलेको छ ।

पौष २१ गते बुधबार बनेपा–६ को गोदाम चोकमा आफ्नो नयाँँ स्टोर खोलेको शाओमीले त्यसको केही दिनपछि हिजो बालाजु, नयाँँ बसपार्कको बि.जि. मलमा पनि आफ्नो नयाँँ स्टोर खोलेको हो ।

शाओमीले आफ्नो स्टोरहरुको संख्या दोब्बर बनाउने उद्धेश्य पुरा गर्न नेपालभरि नयाँँ र आधुनिक स्टोरहरु खोल्ने योजना बनाएको छ ।

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारी भने “यी नयाँँ स्टोरहरु खुले पछि हाम्रा ग्राहकहरुलाई किनमेल गर्न अझ धेरै सजिलो हुनेछ र सँग–सँगै हाम्रो सिमलेस अफलाइन नेटवर्क विस्तार गर्ने उद्धेश्य पनि पुरा हुनेछ । हामीलाई आशा छ हाम्रा ग्राहकहरु हाम्रो यी नयाँँ स्टोरहरुमा आउनुहुनेछ र हाम्रो नयाँँ–नयाँँ उत्पादनहरु मन पराउनुहुनेछ ।”

यो मोडलले नेपालमा नयाँँ र आधुनिक स्टोरहरु खोल्दै ग्राहकहरुलाई उच्चतम सुविधा प्रदान गर्ने शाओमीको उत्साह झल्काउँछ । यो नयाँँ स्टोरमा सप्प्लाई चेन म्यानेजमेन्ट, उत्पादनको उपलब्धता र डेलिभरी मेजरहरु जस्ता सम्पूर्ण रिटेलको कामहरु मुख्य ब्रान्डको मातहतमा इन्टिग्रेट हुनेछन् ।

यी शाखाहरुको सम्पूर्ण रिटेल प्रक्रियाहरु शाओमी नेपालले हेर्ने हुनाले ब्रान्डको पारदर्शीता कायम हुन्छ । जसको फलस्वरुप मि को ग्राहकहरुले थुप्रै फाईदाहरु लिन सक्नेछन् । रिटेल प्रकृयाको हरेक चरणमा उनीहरुले ब्रान्डसँग सिधै अन्तरक्रिया गर्न पाउनेछन् । यसले गर्दा ग्राहक र ब्रान्डको सम्बन्ध अझै घनिष्ठ हुनेछ ।

वि.सं.२०७८ पुस २७ मंगलवार १३:३९ मा प्रकाशित

You can share this post!

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...