back
NMB ad

२० वर्षकै उमेरमा जोखिम बहन गर्ने गरी एलआईसी नेपालले लियो बाल समृद्धि बीमा योजना

Kumari bank ad

काठमाडौं । एलआईसी नेपालको ‘बाल समृद्धि जीवन बीमा योजना’ आजबाट औपचारिक रुपमा बिक्री सुरु भएको छ । ‘किनकी बच्चाको सपना पार्नुछ साकार’ नारा सहित लिएको यो योयजना कम्पनीले आज विशेष कार्यक्रमका बीचमा औपचारीक रुपमा सुरु गर्न लागेको हो । बालबालिकाहरुलाई लक्षित गर्दै यो योजना लिईएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रशाद दासले बताए । उनले बालबालिकाका भविष्यका योजनालाई साकार पार्न सकिने गरी यो योजना ल्याईएको बताए ।

नयाँ बीमा योजना बालबालिकाको लागि कलेज पढ्न तथा अन्य कुनै पेशामा आबद्ध हुन प्रभावकारी हुने कम्पनीले विस्वास लिएको छ । साथै यो बीमा योजनाले न्यून आय भएका, मध्यम स्तरका आम सर्वसाधारण जनताले बालबालिकाको बीमा गरेर जीखिम र भविष्यमा आईपर्ने ठूलो आर्थिक भारबाट मुक्त हुनसक्ने सम्भावना देखेको छ ।

जन्मेको ११ वर्षसम्मका बालबालिकाहरुको बीमा गर्न सकिने सुविधा भएको यो बीमा योजनामा आबद्ध हुने बालबालिकाले १६ वर्ष पुगेपछि कूल बीमाङ्क रकमको २० प्रतिशत, १७ वर्ष पुगेपछि कूल बीमाङ्क रकमको २० प्रतिशत, १८ वर्ष पुगेपछि कूल बीमाङ्क रकमको २० प्रतिशत, १९ वर्ष पुगेपछि कूल बीमाङ्क रकमको २० प्रतिशत र २० वर्ष पुगेपछि बाँकी रहेको अर्थात कूल बीमाङ्क रकमको २० प्रतिशत भुक्तानी गर्नेछ ।

एलआईसी नेपालका अनुसार बालबालिका १६ वर्ष हुँदासम्म बीमा शुल्क भुक्तानी गरी २० वर्षको उमेरसम्म जोखिम वहन गर्ने नेपालकै पहिलो बीमा योजना हो । साथै प्रस्तावकको मृत्यु भएको अवस्थामा बीमा शुल्क मिनाहा भई बीमा अवधी पुरा भएपछि भुक्तानी पाइने कम्पनीले जनाएको छ ।

यो योजनाको न्यूनतम् बीमाङ्क रकम ५० हजार रुपैयाँ रहेको छ । साथै उच्च विमाङकमा छुट पनि रहेको छ । ५ लाख देखि १० लाखको बीमा गर्दा प्रतिहजार सय रुपैया, १० देखि ५० लाखको बीमामा प्रतिहजार दुई सय र ५० लाख देखि माथिको बीमामा प्रतिहजार तीन सयका दरले छुट दिने जनाएको छ ।

उक्त नयाँ बीमा योजनामा बालबालिका जन्मने वित्तिकै बीमा गर्ने सुविधा छ । कूल बीमा अवधी २० वर्ष रहेको नयाँ बीमा योजनामा एकल बीमा शुल्क भुक्तानी, बार्षिक, अर्धबार्षिक, त्रैमासिक वा मासिक तरिकाबाट बीमा शुल्क भुक्तानी गर्न सकिन्छ ।

वि.सं.२०७८ पुस २८ बुधवार १३:२६ मा प्रकाशित

You can share this post!

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...