back
Mega Long Ad

एएफसी कपमा यी क्लब हुन सक्छन् मछिन्द्रका प्रतिद्वन्द्वी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको सातौँ चरणमा शीर्षस्थानमा रहँदै मछिन्द्र फुटबल क्लबले नेपालको प्रतिनिधि गर्दै एएफसी कप-०२२ छनोटमा स्थान बनायो । अर्को नजिकको प्रतिद्वन्द्वी मनाङ मर्स्याङ्दीलाई एक अंकले पछाडि पार्दै मछिन्द्रले पहिलोपटक एएफसी कपको टिकट काटेको हो ।

यसपटक शीर्ष डिभिजन लिगमा १४ क्लब सहभागी रहँदा चार क्लबले मात्रै एएफसी क्लब लाइसेन्स पाए । मछिन्द्र र मनाङसँगै विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र एपीएफ फुटबल क्लबलाई एएफसी कप खेल्न ढोका खुल्ला थियो ।

अघिल्ला वर्षमा नेपालको लिग च्याम्पियनको हैसियतमा क्लबहरूले एएफसी कपमा सहभागीता जनाउँदै आएका थिए । गत सिजन (२०७६) सालमा मछिन्द्र च्याम्पियन भए पनि लाईसेन्स नहुँदा लाईसेन्स प्राप्त आर्मीले यस प्रतियोगितामा सहभागीता जनाएको थियो ।

दशरथ र‌गशालामा श्रीलंका पुलिसविरुद्ध सहज जितसँगै दोस्रो चरणको छनोटमा स्थान बनाएको आर्मी भारतीय आइएसएल च्याम्पियन बैगरुलु एफसीसँग पराजित हुँदै समूह चरणमा स्थान बनाउन असफल भयो ।

यस पटकसमेत मछिन्द्रले दुई चरणको प्रारम्भिक छनोट पार गरेर दक्षिण एसियाली शीर्ष वरियताको टोलीबीच समूहमा रहेर खेल्न पाउनेछ । मछिन्द्रले प्रारम्भिक राउन्ड-१ मा प्रतिस्पर्धापछि प्रारम्भिक राउन्ड-२ मा जितेर मात्रै फाइनल प्रतिस्पर्धा पाउनेछ ।

यसपटक मछिन्द्रले माल्दिभ्सको क्लब भ्यालेन्सिया, श्रीलंकाको ब्लु स्टार एससी र भुटानको पारो एफसी मध्ये एकसँग प्रतिस्पर्धा गर्नु पर्नेछ । तीनै क्लब सम्बन्धित राष्ट्रका लिग र सुपर लिग च्याम्पियन क्लब हुन् ।

यस चरणको ‘ड्र’ सार्वजनिक १७ जनवरीमा हुनेछ । त्यसपछि मात्रै मछिन्द्रले आफ्नो प्रतिस्पर्धी, खेल्ने मिति र स्थान पाउनेछ । यदि राउण्ड–१ मा जित निकाले मछिन्द्रले राउण्ड-२ मा भारतको मोहन बंगान र बंगलादेशको ढाका अबहानीबीचको एकसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि २०७५ को बिना रेलिगेशनको लिग च्याम्पियन मनाङले भने सिँधै समूह चरणमा प्रतिस्पर्धा गर्न अवसर पाएको थियो । पछिल्लो समय एएफसीले एएफसी लाइसेन्ससँगै वरीयतालाई आधार मानेपछि नेपाली क्लबले प्रारम्भिक छनोट खेलेर मात्रै समूह चरणको मौका पाउनेछन् ।

वि.सं.२०७८ पुस २८ बुधवार १४:०१ मा प्रकाशित

You can share this post!

नबिल बैंक सञ्चालक समितिका अध्यक्ष पौडेलले लिए सपथ ग्रहण

नबिल बैंक सञ्चालक समितिका अध्यक्ष पौडेलले लिए सपथ ग्रहण

वि.सं.२०७८ माघ ६ बिहीवार १२:००

काठमाडौँ । नबिल बैंकको संचालक समितिको अध्यक्षमा पुनः चयन भएका...

सांग्रिला विकास बैंकको मुनाफा ५८ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचकहरु

सांग्रिला विकास बैंकको मुनाफा ५८ प्रतिशतले बढ्यो, यस्ता छन् अन्य सूचकहरु

वि.सं.२०७८ माघ ६ बिहीवार ११:४२

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो...

फेरि बढ्यो पेट्रोलियम पद्धार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

फेरि बढ्यो पेट्रोलियम पद्धार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

वि.सं.२०७८ माघ ५ बुधवार २१:३६

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूलय बढाएको छ...

यस्तो छ ग्लोबल आईएमई बैंकले निकालेको अत्यन्त जरुरी सूचना !

यस्तो छ ग्लोबल आईएमई बैंकले निकालेको अत्यन्त जरुरी सूचना !

वि.सं.२०७८ माघ ५ बुधवार १८:११

काठमाडौं । ग्लोबल आईएमई बैंकले आन्तिरिक सजावट (निर्माण) का कार्यका...

रा.वा. बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

रा.वा. बैंकको ५७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न

वि.सं.२०७८ माघ ५ बुधवार १७:२९

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७ औं वार्षिकोत्सवको अवसरमा...

घटेको बजारमा बुद्धभुमि र सामालिङ्ग पावरको सेयर मूल्यमा उछाल

घटेको बजारमा बुद्धभुमि र सामालिङ्ग पावरको सेयर मूल्यमा उछाल

वि.सं.२०७८ माघ ५ बुधवार १६:५७

काठमाडौँ । आज सेयर बजारमा गिरावट आएको छ । बजार...