back
NMB ad

डढेलोमा परी ज्यान गुमाएका वृद्धाको परिवारलाई एक लाख सहयोग

Kumari bank ad

खोटाङ । सामुदायिक वन उपभोक्ता महासंघले खोटाङमा डढेलोमा परी ज्यान गुमाएका एक वृद्धाको परिवारलाई बीमा बापतको रकम प्रदान गरेको छ । तारे भीर सामुदायिक वनमा लागेको डढेलोमा पर्दा गत २५ चैतमा ज्यान गुमाएकी बराहपोखरी गाउँपालिका–२ सुन्तलेका ७३ वर्षीय डम्बरकुमारी आले मगरका परिवारलाई महासंघले वीमावापत एक लाख राहत रकम उपलब्ध गराएको हो ।

सामुदायिक वन उपभोक्ता महासंघ खोटाङका अध्यक्ष राजेन्द्र राईले डढेलोमा ज्यान गुमाएकी डम्बरकुमारीकी छोरा कृष्णबहादुर आले मगरलाई बुधबार भगवती सामुदायिक वनको कार्यालयमा एक कार्यक्रमका बीच राहत हस्तान्तरण गरेका हुन् । सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रीय कार्यालयको दैवी प्रकोप कोषबाट मृतक डम्बरकुमारीको परिवारलाई राहत स्वरूप रकम उपलब्ध गराइएको अध्यक्ष राईले बताए ।

मगर परिवार भगवती सामुदायिक वन लगायतका सामुदायिक वनको उपभोक्ता हुन् । डढेलो निभाउने क्रममा वा अन्य कारणबाट डढेलोमा परी ज्यान गुमाएका सामुदायिक वनका उपभोक्तालाई लक्षित गर्दै स्थापना गरिएको कोषबाट मगर परिवारलाई राहत प्रदान गरिएको हो ।

जंगलमा लागेको डढेलोको लप्काले भेट्दा डम्बरकुमारीको घट्नास्थलमै मृत्यु भएको थियो । बारीको डिलसम्म आइपुगेको डढेलो नजिक पुग्दा साडीबाट शरीरमा आगो सल्किँदा उनको जलेर मृत्यु भएको थियो ।

वि.सं.२०७८ पुस २८ बुधवार १७:३९ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...