back
NMB ad

आकस्मिक धनलाभ हुने, थाहा पाउनुहाेस् तपाईंकाे राशिफल

Kumari bank ad

काठमाडाैं, २९ पुस,२०७८, तदनुसार १३ जनवरी २०२२ बिहीबार । पौषशुक्लपक्ष पुत्रदा एकादशी व्रत, कृतिका नक्षत्र,विष्टि करण, शुभ योग, चन्द्रमा बृष राशिमा छ । आज बिहान ६ः ५८ मा सूर्योदय हुनेछ भने ५ बजे २७ मिनेटमा सूर्यास्त हुनेछ ।

आज ११ः५२ देखि १२ः३४ सम्म अभिजित मुहुर्त रहेको छ भने १ः३२ देखि २ः५१ सम्म राहुकाल रहेको छ । कुनै पनि शुभ कार्य गर्दा अभिजित मुहूर्तको समयमा गर्दा राम्रो हुनेछ । आजको देवता लक्ष्मी र ग्रहदेव सूर्य रहेको छ । बिहीबारको दिन अध्ययन अध्यापनका लागि शुभ बार मानिन्छ । बिहीबारको ग्रह पनि बृहस्पति नै हो ।

पुत्रदा एकादशीको महत्व 

वर्षमा २४ वटा एकादशी पर्छन् । तीमध्ये पुत्रदा एकादशी पौषशुक्लपक्षको एकादशीमा पर्छ । सनातन मान्यताअनुसार आजको एकादशीको व्रत गर्नाले सन्तान श्रीबृद्धि हुने, सन्तान सुखी हुने, संस्कारित हुने र आफ्नो कर्तव्य पालना गर्ने हुन्छन भन्ने मान्यता रहेको छ ।

एकादशीको व्रत गर्नेले भोजन गर्न नहुने मान्यता रहेको छ । नियमपूर्वक व्रत गर्दा फल अवस्य पाइन्छ भन्ने मान्यता रहेको छ । एकादशीको दिन फलाहार, र मकैका परिवार खाने चलन छ ।

राशिफल :

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : आजको दिन सामाजिक कामबाट तपाईंलाई मानसम्मान मिल्नेछ । स्वास्थ्यमा सुधार हुँदै जानेछ । आफूभन्दा उच्च व्यक्तिबाट प्राप्त हुने सम्मानले तपाईंको मनमा हर्ष छाउने छ । यात्राको लागि अवसर मिल्नेछ । आज गरिएको यात्राले फाइदा हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आज आकस्मिक धनलाभ हुनेछ । व्यापारबाट नसोचेको आर्थिक लाभ प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : धनलाभ र नयाँ नयाँ खबरले मनमा खुसियाली छाउने छ । अनावश्यक विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । सत्कार्यका लागि गरेको कामअनुसारको फल प्राप्त हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : तपाईंले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । अध्ययन अध्यापनमा मन लगाउनु होला । सोच अनुसारका काम नहुँदा नकारात्मक धारणा आउनसक्छ । सकारात्मक सोच राखेर आफ्नो नियमित काम गर्दा राम्रो हुनेछ । अध्ययनमा रुचि छ भने आजको दिन अध्ययन अध्यापनमा समय खर्चनु होला ।   

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : बिहान सूर्योदयको दर्शन गर्नुहोला । अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । त्यसैले आजको दिन मौन रहेर आफ्नो नियमित कार्य गर्नुहोला । कसैसँग विवाद हुने काम र कुरा नगर्नुहोला । यात्रा गर्न लाग्नुभएको छ भने सूर्योदयर्भपछि गर्दा शुभ हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)  : आजको दिन यात्रा गर्नुपर्ने हुनसक्छ । मित्रमण्डलीसँगको भेटले कार्यगत उत्साह थपिने छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्राे हुनेछ । आफन्त र मित्रह?को साथ र सहयोग लिएर कुनै काम गर्नु थाल्नुभएको छ भने सोचअनुसारको प्रतिफल प्राप्त हुनेछ । आजको दिन कुनै कुमारी कन्यालाई पढ्ने पुस्तक र लेख्ने सामग्री दिनुभयो भने  राम्रो हुनेछ ।

तुला ( रा.री.?.रे.रो.ता.ती.तु.ते) : मानसिक असन्तोष र तपाईंले सोच अनुसारको काम नहुँदा चिन्ता थप हुनसक्छ । मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापारमा हुनुहुन्छ भने आजको दिन फाइदा हुन्छ । धैर्यको आवश्यकता हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु होला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । आज शुरुवात गरेको कामबाट सफलता प्राप्त हुनेछ । तपाईंमाथि अनावश्यक आरोप लाग्नसक्छ त्यसैले आफ्नो नियमित काम गर्दा होसियारी, धैर्य आवश्यक छ । सकारात्मक सोचले फाइदा हुनेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : परिवार  र स्त्रीजातिको साथ सहयोगले कार्य प्रगति हुनेछ । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । आजको दिन मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ। साथ सहयोग कसैको नहुँदा पनि तपाईको मनमा उर्जाका लागि देवालय र शिवालयको दर्शन गर्नु जानुहोला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : सोचेअनुसारको काम हुने भएकाले नयाँ काम गर्नसक्नुहनेछ ।  आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । आफ्नो कर्मयात्रामा हिडिरहेकाहरुलाई नसोचेको सम्मान मिल्नसक्छ । धेरै खुसी र दुःखी नभइकन आफ्नो काम गरिरहनु होला । मनमा निकै हर्ष छाइरहने छ  बिहान सूर्यनारायणलाई जल दिएर दर्शन गर्नुभयो भने दिन सफल हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :  आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट बाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुभयो भने मानसम्मान मिल्नेछ । सामाजिक काममा मन जानेछ । तपाईंले गरेको कार्यको परिवारका सदस्य समेत खुसी हुनेछन् । आफन्तजनबाट मानसम्मान मिल्नेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : मीन राशिमा जातकले बिहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने जातकले आजको दिन बिहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ। आजको दिन अध्ययन र गृहस्थसम्बन्धी काम गर्दा राम्रो हुनेछ ।

वि.सं.२०७८ पुस २९ बिहीवार ०७:३३ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...