काठमाडौं । भोलि अर्थात पुस ३० गतेदेखि घोडीघोडा लघुवित्त वित्तीय संस्था र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।
यी दवै कम्पनीले मर्जर प्रक्रिया सम्पन्न गरी एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । ती दुई कम्पनी बीच २०७७ कात्तिक २१ गते मर्जर प्रक्रियामा जाने प्रारम्भिक सम्झौता भएको थियो ।
घोडीघोडा लघुवित्तका १०० कित्ता सेयर बराबर युनिक लघुवित्तको ५० कित्ता सेयर आदान प्रदान गर्ने सहमति अनुसार ती दुई कम्पनी मर्जरमा गएका हुन् ।
घोडीघोडा लघुवित्त धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनी हो भने युनिक नेपाल लघुवित्तले हालसम्म सर्वसाधारणमा सेयर जारी गरेको छैन ।
मर्जर सम्झौता भएसँगै घोडीघोडा लघुवित्तको सेयर कारोबार २०७७ साल कात्तिक २३ गतेदेखि नेप्सेमा रोक्का रहेको छ ।
वि.सं.२०७८ पुस २९ बिहीवार १३:०५ मा प्रकाशित