काठमाडौं । साताको अन्तिम कारोबार दिन विभिन्न ५ कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । उक्त दिन मध्य भोटेकोशीसहित ५ कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।
बिहीबार मध्य भोटेकोशीको सेयर मूल्य ९.९८ प्रतिशत अर्थात प्रतिकित्ता ३४ रुपैयाँ ४० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य आज ३७९ रुपैयाँ २० पैसा पुगेको छ ।
उक्त दिन माउनटेन हाइड्रो नेपालको सेयर मूल्य पनि ९.४४ प्रतिशत अर्थात प्रतिकित्ता ४३ रुपैयाँ ९० पैसाले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य ५०८ रुपैयाँ ९० पैसा कायम भएको छ ।
यस्तै, उक्त दिन कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्य ९.३५ प्रतिशत अर्थात प्रतिकित्ता ४० रुपैयाँ २० पैसाले वृद्धि भई ४७० रुपैयाँ २० पैसा कायम भएको छ ।
त्यसैगरि आज शिवश्री हाइड्रोपावरको सेयर मूल्य ९.०१ प्रतिशत अर्थात प्रतिकित्ता ३१ रुपैयाँले वृद्धि भई ३७५ रुपैयाँ र आईसीएफसी फाइनान्सको ८.५४ प्रतिशत अर्थात प्रतिकित्ता ६२ रुपैयाँले बढेर ७७५ रुपैयाँ पुगेको छ ।
वि.सं.२०७८ पुस २९ बिहीवार १५:३३ मा प्रकाशित