काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ८१ जनामा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यस्तैगरी, पछिल्लो २४ घण्टामा दुई सय ७१ जना संक्रमणमुक्त भएका छन् भने एक जनाको संक्रमणबाट मृत्यु भएको छ । मन्त्रालयका अनुसार नेपालमा हाल १४ हजार तीन सय ४० जना सक्रिय संक्रमित रहेका छन् ।
वि.सं.२०७८ पुस २९ बिहीवार १६:२७ मा प्रकाशित