काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
बैंक एक सूचना निकाल्दै तीन जना संस्थापक सेयरधनीहरुको नाममा रहेको ८७ हजार १०० कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको जनाएको छ ।
उक्त सेयर खरिदका लागि बैंकका संस्थापकहरुले आवेदन दिन सक्नेछन् । उक्त सेयर खरिदका लािग आजैका मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
संस्थापकहरुले आवश्यक कागजात सहित कम्पनीको केन्द्रीय कार्यालय विर्तामोडमा निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।
वि.सं.२०७८ पुस ३० शुक्रवार १४:२४ मा प्रकाशित