काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले बतास अर्गनाइजेसनलाई बचाउ गर्दै आफ्नो धारणा व्यक्त गरेको छ । एफएनसीसीआईले मुलुकको अर्थतन्त्रमा ७० प्रतिशत भन्दा बढि हिस्सा राख्ने निजी क्षेत्रमाथि एकतर्फीरुपमा चरित्र हत्या र मानमर्दन भएको भन्दै ध्यानाकर्षण जनाएको हो ।
महासंघद्धारा जारी विज्ञप्तिमा “पछिल्लो समय नारायणहिटी संग्रहालयमा क्याप्mटेरिया संचालन सम्बन्धी विवादमा बतास अर्गनाइजेसनमाथि भइरहेको एकतर्फी प्रहारप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।” लेखिएको छ । “बतास अर्गनाइजेसनले सरकारले आव्हान गरेको टेन्डरमा कानूनी रुपमा सहभागि भई आवश्यक भाडा बुझाउने शर्तमा क्याप्mटेरिया संचालनको अनुमति पाएको हो । सरकारी निकायले अनुमति दिएकोमा स्वभाविक रूपमा निजी क्षेत्रले व्यवसाय गर्न खोज्नु कुनै गैर कानुनी र आपराधिक गतिविधि नभएकोतर्पm महासंघ सबैको ध्यानाकर्षण गराउन चाहान्छ । ”
प्रक्रिया र कानूनविपरीत भएका गतिविधिमाथि राज्यले अंकुश लगाउने र कारवाही गर्ने कुरालाई महासंघले कहिल्यै पनि अन्यथा लिंदैन तर त्यसको सत्यतथ्य खोजी हुनुु पर्छ भन्ने महासंघको धारणा रहेको छ । संचारमाध्यममा आएका समाचारकै भरमा, स्पष्टिकरणको मौकासमेत नदिई निर्माणाधीन संरचना भत्काइनु कदापी न्याय संगत नभएको महासंघले जनाएको छ ।
सरकारी स्रोतमा व्यवसाय गर्न अनुमति दिइसकेको सन्दर्भमा एकतर्फीरुपमा व्यवसायीलाई मात्र दोष दिएर निजी क्षेत्रको मनोबल गिराउने काम भईरहेको आरोप समेत लगाएको छ ।
साथै महासंघ मर्यादित र विधिसम्मत व्यवसायको पक्षधर भएको जानकारी दिँदै विधिसम्मत पेशा व्यवसाय गर्न पाउने आम नागरिकको संवैधानिक अधिकारमाथि प्रहार हुन नदिने बिषयमा पनि महासंघ प्रष्ट रहेको जनाएको छ ।
वि.सं.२०७८ पुस ३० शुक्रवार १५:३० मा प्रकाशित