back
NMB ad

नेशनल लाइफको नयाँ बोनसदर घोषणा, कति पाउँछन् बीमितले ?

Kumari bank ad

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले अघिल्लो वर्षको बोनसदर घोषणा गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७६–२०७७ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समिति बाट स्वीकृत भएपछि कम्पनीले बीमालेखहरुमा उक्त बोनसदर कायम गरेका हुन् ।

कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा बिमितले न्युनतम ६३ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनसदर पाउने छन् ।

सावधिक जीवन बीमालेख
सावाधिक जीवन बीमालेखमा कम्पनीले न्युनतम ६४ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । कम्पनीले ० देखि ९ वर्ष अवधिसम्मको लागि ६४ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रतिहजार ६४ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ६४ रुपैयाँ, २० देखि २५ वर्ष अवधिको लागि प्रति हजार ६५ रुपैयाँ, २६ वर्षदेखि २९ वर्षसम्मको लागि ८५ रुपैयाँ र ३० वर्ष वा सोभन्दा माथि अवधिको लागि पनि कम्पनीले ८५ रुपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख १ लाख ४८ हजार ६९२ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६४ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

सावधिक तथा आजीवन बीमालेख
सावधिक जीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ६४ रुपैयाँदेखि ६५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । यस बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिको लागि प्रति हजार ६४ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ६४ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिसम्मको लागि ६४ रुपैयाँ, २० वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ६५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख ६९ हजार ९५८ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६४ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

अग्रिम भुक्तानी सावधिक तथा आजीवन बीमालेख
अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ६३ रुपैयाँदेखि ६४ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । यस बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिको लागि प्रति हजार ६३ रुपैयाँ, १० देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ६३ रुपैयाँ,१५ देखि १९ वर्ष अवधिसम्मको लागि ६४ रुपैयाँ, २० वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ६४ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

कम्पनीले १५ देखि १९ वर्ष अवधिको यस बीमालेख २५ हजार ७५५ वटा बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६४ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

वि.सं.२०७८ माघ ३ सोमवार ११:१८ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...