back
NMB ad

नेपाल लाइफद्धारा २१ लाख ४६ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

Kumari bank ad

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पोखरा शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीले सवारी दुर्घटनाको कारण उपचारको क्रममा मृत्यु भएका दिव्यनगर ७, चितवन ९हाल पोखरा० निवासी कृष्ण बहादुर गुरुङको श्रीमती पवित्रा गुरुङ लाइ २१ लाख ४६ हजार २ सय ५० रुपैयाँ दाबी भुक्तानी गरेको हो।

कम्पनीले माघ २ गते एक कार्यक्रमकाबीच पोखरा शाखा कार्यालयमा बीमितको धर्मपत्नी पवित्रा गुरुङलाइ लाइ सो दाबी भुक्तानी गरेको हो। मृतक गुरुङले प्रतिवर्ष ८५ हजार १७९ रुपैयाँ बीमाशुल्क बुझाउने गरी १० लाखको जीबन सहारा जीवन बीमा गरेका थिए ।

उक्त कार्यक्रममा निमित्त शाखा प्रमुख बिष्णु बहादुर अधिकारीले चेक हस्तान्तरण गर्दै कम्पनीले दाबी भुक्तानीलाइ उच्च प्राथमिकतामा राखेको बताउदै दुर्घटना बीमाका दावीहरु पेश भएको तीन दिन भित्र तथा प्रस्ताव फाराममा भरिएको विवरण झुटा नठहरिएका बीमालेखको दावीहरु समेत भुक्तानीमा कुनै ढिलाई नहुने बताए ।

बरिष्ठ एजेन्सी मेनेजर नेत्र प्रसाद ढकालले कम्पनी भन्दा पनि कम्पनीका अभिकर्ताहरुलाइ आफ्ना ग्राहकहरुको बारेमा पूर्ण जानकारी रहने हुँदा बीमाशुल्क तिर्न सहजीकरण गर्ने, दाबी परेको खण्डमा कागजातहरु जुटाएर समयमै कम्पनीमा पेश गराउने वातावरण मिलाउन चनाखो रहनुपर्ने र ग्राहकनै आफ्ना भगवान हुने भएकोले उनीहरुको प्रत्येक सुख दुखमा सरिक हुनुपर्ने बताए ।

कार्यक्रममा बीमा गर्दा सजिलो तर लिन झन्झटिलो प्रक्रिया हुने हल्ला सुनेको भएता पनि त्यो सत्यता नरहेको यो मृत्युदावी बाट प्रष्ट भएको साथै दाबी पेश गरेको एक हप्ता नबित्दै दाबी भुक्तानी गरेकोमा मृतककी श्रीमती पवित्रा गुरुङ तथा अन्य आफन्तले सरल, सहजरुप एव छिटो बीमा रकम उपलब्ध गराएकोमा नेपाल लाइफलाई धन्यवाद दिएका थिए।

वि.सं.२०७८ माघ ३ सोमवार १२:२८ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...