back
NMB ad

पेशागत सुरक्षाकालागि एकजुट हुन सुनचाँदी ब्यवसायीको आग्रह

Kumari bank ad

काठमाडौं । सुनचाँदी ब्यवसायीहरुले ब्यवसायीक सुरक्षाकालागि ब्यवसायिहरुवीच एकता हन्ुपर्ने खाँचो औंल्याएका छन् । ब्यवसायीवीच एकता हुन नसके त्यसको अशर समग्र सुनचाँदी ब्यवसायमा पर्ने भएकोले एकै प्रकृतिका संस्थाहरु आपसमा मिलेर अगाडि बढ्नु पर्ने खाँचो उनीहरुले औंल्याए ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघले नेपाल सुनचाँदी रत्न तथा आभुषण ब्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुको सम्मानमा शोमबार काठमाडौंमा आयोजना गरेको वधाई तथा स्वागत कार्यक्रममा सहभागी ब्यवसायीहरुले दुई महासंघवीच आपसीएकताको खाँचो औल्याए ।

कार्यक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघ अध्यक्ष माणिक रत्न शाक्यले ब्यवसायीहरु एकजुट भएर अगाडि बढ्न सके जस्तो सुकै अप्ठ्यारा र चुनौतिहरुलाई पनि सहजै चिर्न सकिने बताए । सुनचाँदी ब्यवसायीले कच्चा पदार्थको अभाव देखि अन्य धेरै समस्या झेल्नु परेको उल्लेख गर्दै यसका समाधानका लागि नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण ब्यवसायी महासंघवीच कम्तिमा पनि साझा मुद्धामा एकता हुनुपर्ने आवश्यकता औंल्याए ।

त्यसक्रममा रत्न तथा आभुषण ब्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष सुरेश मान शाक्यले सवै सुनचाँदी ब्यवसायीका मुद्धा एउटै भएकोले सवै मिलेर अगाडि बढ्नुपर्ने खाँचो औल्याए । त्यसक्रममा महासंघका बिशिष्ट सदस्य मणिरत्न शाक्यले दुई महासंघवीच कम्तिमा पनि कार्यगत एकता हुनुपर्ने खाँचो औंल्याए ।

कार्यक्रममा नेपाल सुनचाँदी ब्यवसायी महासंघका तर्फवाट नेपाल सुनचाँदी रत्न तथा आभुषण ब्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान गरिएको थियो ।

 

वि.सं.२०७८ माघ ३ सोमवार १३:२७ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...