
काठमाडौ । सोमबार नेपाल इन्भेष्टमेन्ट बैंंकले नेपालमा सवैभन्दा महंगो रक्सी भित्र्याएर विक्रि गर्ने कम्पनी ग्रिनलाइट सेन्टरलाई ३५ दिने सुचना जारी गरी ऋण तिर्न आउन आव्हान गरेको छ ।
विभिन्न बैंकहरुबाट लिएको ऋण तथा मिटर व्याजमा लिएको रकमको भुक्तानी गर्न नसकेपछि बेपत्ता भएका ग्रिनलाइट सेन्टर सन्चालक अभिषेक अग्रवाल र अभित अग्रवालसँगै उनका बाबु ओमप्रकाश र उषा अग्रवाल समेत वेपत्ता भएपछि बैंकले ऋण उठाउने प्रकृया थालेको हो ।
सोही कम्पनीलाई अन्य बैंक, एभरेष्ट, मेगा र ग्लोवल आइएमईले गरी ९७ करोड रुपैयाँ लगानी गरेको पाइएको छ । सवैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकले ३२ करोड रुपैयाँ लगानी गरेको हुनाले सोही बैंकले पहिले ऋण असुलीको प्रकृया सुरु गरेको हो ।
अग्रवाल दाजुभाइले एभरेष्ट बैंकबाट २२, मेगाबाट २५ र ग्लोवल आइएमई बैंकबाट १८ करोड रुपैयाँ ऋण लिएका थिए । त्यस्तै उनीहरुले विभिन्न कम्पनी तथा व्यक्तिहरुलाई थप २ अर्ब रुपैयाँ भन्दा बढी ऋण तिर्नुपर्ने देखिएको छ ।
प्रहरीले आइतबार ग्रिनलाइट सन्चालकका बाबु ओमप्रकाशको घरमा पुग्दा एउटा पत्र फेला परेका छन् । सो पत्रमा भनिएको छ, ‘हामी कहा जान्छौ थाह छैन, बाचिन्छ वा मरिन्छ भन्ने ठेगान छैन, बाचेमा फेरी आउने छौ,’ ।
उनको पत्र निक्कै भावुक थियो । उनले सो पत्रमा मिटरव्याजीले मार्ने धम्कीका साथै आत्महत्या गर्न दवाव समेत दिएको उल्लेख गरेका छन् । ओमप्रकाश, उनकी श्रीमति उष, छोराहरु अभिषेक र अमित अग्रवालको हस्ताक्षर भएको पत्रमा आफूहरुसँग भएको सम्पुर्ण सम्पत्ति विक्रि गरी साहु र बैंकहरुले असुल गर्नका लागि पनि भनिएको छ ।
त्यस्तै उनले ऋण तिर्न नसकेकोमा क्षमा याचना गर्दै कोरोनाका कारण आफुहरुको व्यवसाय धरापमा परेको पनि उल्लेख गरेका छन् । ‘अब हामीसँग बैंक र मिटर ब्याजीलाई तिर्नको लागि कुनैपनि प्रकारको साधन छैन,’ पत्रमा भनिएको छ ।
अग्रवालको काठमाडौमा विभिन्न स्थानमा रहेका चारवटा फ्ल्याट, ज्ञानेश्वर चोकमा १७ आना सहितको घरजग्गा तथा ज्ञानेश्वरमा नै अर्कौ १७ आना जग्गा रहेको छ । ति सवै बैंकमा धितो छ ।
बैंकहरुले धितो लिलाम गरेर भएपनि आफ्नो ऋण उठाउन सकिने देखिएपनि मिटरव्याजीहरु भने यसबाट नराम्रोसँग प्रभावित हुनेछन् । मिटरव्याजमा रकम लगाउनु कानुनी रुपमा अपराध हो । त्यसैले मिटरव्याजमा रकम लगाउनेहरुले कानुनको साहारा लिन भने सक्दैनन् ।
वि.सं.२०७८ माघ ३ सोमवार १५:२९ मा प्रकाशित