काठमाडौं । हिमालयन बैंकको सन्ध्याकालिन काउन्टर अनिश्चितकालका लागि बन्द गरिएको छ ।
बैंकले आजै अर्थात माघ ३ गतेदेखि अर्को सूचना प्राप्त नहुञ्जेलका लागि सन्ध्याकालिन काउन्टर सेवा बन्द गरेको हो ।
सोमबार एक सूचना निकाल्दै बैंकले कोभिड–१९ को तेस्रो लहर व्यापकहरुमा फैलिरहेको वर्तमान अवस्थालाई मध्यनजर राख्दै बैंकका विभिन्न शाखाहरुमा संचालनमा रहेका सन्ध्याकालिन काउन्टर बन्द गरेको जनाएको छ ।
वि.सं.२०७८ माघ ३ सोमवार १८:२७ मा प्रकाशित