back
NMB ad

कामना सेवाद्वारा दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, कस्ता देखिए मुख्य सूचकहरु ?

Kumari bank ad

काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । योसंगै बैंक चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने पहिलो बैंक पनि बनेको छ ।

प्रकाशित वित्तीय विवरणअनुसार बैंकले चालु आवको पुस मसान्तसम्ममा ३४ करोड ३६ लाख ८१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ११ .८९ प्रतिशतले कमी हो । गत वर्षको दोस्रो त्रैमासमा बैंकले ३९ करोड ४७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा बैंकले ९० करोड ५९ लाख ६० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको पुस मसान्तसम्मको तुलनामा बैंकको खुद ब्याज आम्दानी ३१.६६ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको सोही अवधिमा बैंकले ६८ करोड ८० लाख ८९ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

बैंकले चालु आवको दोास्रो त्रैमासमा संचालन मुनाफा ४१.५१ प्रतिशतले वृद्धि भई ४९ करोड ९ लाख ७३ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको सोही अवधिमा बैंकको संचालन मुनाफा ३४ करोड ६९ लाख ५६ हजार रुपैयाँ रहेको थियो ।

उक्त अवधिमा बैंकको वितरण योग्य मुनाफा ९ करोड ६७ लाख ९२ हजार रुपैयाँ रहेको छ । बैंकको चुक्तापुँजी ३ अर्ब १४ करोड २५ लाख ७७ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने १ अर्ब ३ करोड ७८ लाख २२ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा बैंकले ४७ अर्ब ७३ करोड २४ लाख ७८ हजार रुपैयाँ निक्षेप संकलन गरि ४३ अर्ब १ करोड ५५ लाख ३७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

उक्त अवधिमा बैंकको खराब कर्जा ०.१८ प्रतिशतले वृद्धि भई १ं७७ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ पैयाँ ८७ पैसा, प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ २ पैसा रहेको छ ।

वि.सं.२०७८ माघ ४ मंगलवार ०९:०८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...