back
NMB ad

६ महिनामा निक्षेपको तुलनामा ७८ प्रतिशतले बढ्यो कर्जा, पुसमा ८७ अर्बले थपियो निक्षेप

Kumari bank ad

काठमाडौ । चालु आर्थिक बर्षको ६ महिनामा बाणिज्य बैंकहरुमा २३७ अर्ब रुपैयाँ निक्षेप बढेको छ भने कर्जा ४२२ अर्ब रुपैयाँले बढेको छ । आर्थिक बर्षको सुरुआतमा बाणिज्य बैंकहरुले निक्षेपको व्याजदर नवढाउदा बैंकहरुबाट निक्षेप बाहिरिएको थियो ।

पर्याप्त रकम भएकोले बैंकहरुले आक्रामक लगानी गर्दा तरलताको अभाव खोपीरहेका बाणिज्य बैंकहरुको पछिल्लो महिनामा भने तरलता सहज हुन थालेको छ ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार पुस महिनामा मात्र ८७ अर्ब रुपैयाँले निक्षेप बढेको छ । यसअघि चालु आर्थिक बर्षमा असोज महिनामा ९८ अर्ब रुपैयाँले निक्षेप बढेको थियो ।

सो महिनामा नेपालीहरुको महान् चाड बडा दशै पर्ने भएकोले विदेशमा कामका लागि गएका नेपालीहरुले चाडवाड खर्चको रुपमा पठाएको रकम तथा सरकार तथा नीजि क्षेत्रले दशै खर्चका लागि दिएको थप एक महिनाको रकमका कारण मानिसहरुले बचत बढाएकोले सो महिना निक्षेप बढेको हो ।

तर गत पुसमा भने सरकारले खर्च बढाउदा बजारमा तरलता आएका कारण निक्षेप बढेको बैंकर्स संघको ठम्याइ छ ।

बैंकर्स संघले उपलव्ध गराएको तथ्यांक अनुसार बाणिज्य बैंंकहरुको निक्षेप साउन महिनामा ७८ अर्ब रुपैयाँले घटेको थियो भने भदौ महिनामा ४८ अर्ब रुपैयाँले बढेको थियो । त्यस्तै कात्तिक महिनामा ३६ अर्ब रुपैयाँले घटेको निक्षेप मंसिर महिनामा जम्मा ४ अर्ब रुपैयाँले बढेको छ ।

त्यस्तै गत बर्षको साउन महिनामा ८ अर्ब रुपैयाँले घटेको निक्षेप भदौ महिनामा १६, असोज महिनामा १५९ रुपैयाँले बढेको थियो । तर कात्तिक महिनामा ६ अर्ब रुपैयाँले घटेको थियो भने मंसिरमा ४६ र पुस महिनामा ८८ अर्ब रुपैयाँले बढेको नेपाल बैंकर्स संघले जनाएको छ ।

त्यस्तै मंसिर महिनामा ४३, भदौमा १०८, असोजमा १२६, कात्तिकमा ३६, मंसिरमा ५० र पुस महिनामा ५९ अर्ब रुपैयाँले कर्जा प्रबाह भएको तथ्यांकले देखाएको छ ।

वि.सं.२०७८ माघ ४ मंगलवार १३:०४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...