back

मन्त्री अथकद्धारा श्रेष्ठलाई “वल्र्ड बुक अफ रेकर्ड” को प्रमाण प्रत्र हस्तान्तरण

काठमाण्डौं । विश्वमै पहिलो पटक लामो समय पानीमाथी पद्माशन गरेर नेपाली युवाले विश्व किर्तिमान राख्न सफल भएका छन् । वाग्मती प्रदेशका विकर्ण कुमार श्रेष्ठले १ घण्टा ३० मिनेट लगातार पानीमाथी बसेर शिक्षा सम्बन्धि कार्यक्रम संचालन गरी वल्र्ड बुक अफ रेकर्डमा किर्तिमान दर्ता गराउन सफल भएका हुन् ।

सोमबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले श्रेष्ठलाई वर्ड बुक अफ रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरेका छन् । मन्त्री निवास पुल्चोकमा गरिएको संक्षिप्त कार्यक्रममा श्रेष्ठलाई मन्त्री अथकले विश्व रेकर्डको प्रमाण पत्र हस्तान्तरण गरेका हुन् । त्यसक्रममा मन्त्री अथकले रेकर्ड कायम राख्न सफल श्रेष्ठलाई बधाई तथा शुभकामना दिएका छन् । साथै आगामी दिनमा समेत युवाहरुलाई प्रेरीत गर्ने खालका यस्तै गतिविधिमा क्रियाशिल रहन समेत मन्त्री अथकले आग्रह गरे ।

सन २०२१ अगष्ट २ मा स्कोलाष्टिक फाउण्डेशनले आयोजना गरेको शिक्षा सम्बन्धि कार्यक्रमको संचालनका दौरान श्रेष्ठले ९० मिनेटसम्म पानीमाथी पद्माशन गरेका थिए । यो रेकर्ड विश्वमा नै पहिलो पटक कायम भएको स्कोलाष्टिक फाउण्डेशनका अध्यक्ष प्रज्वल भण्डारीले बताए ।

वि.सं.२०७८ माघ ४ मंगलवार १४:४१ मा प्रकाशित

You can share this post!

पहिलो दिन कति पर्यो त धौलागिरी लघुवित्तको आईपीओमा आवेदन ?

पहिलो दिन कति पर्यो त धौलागिरी लघुवित्तको आईपीओमा आवेदन ?

वि.सं.२०७९ साउन २४ मंगलवार १७:३७

काठमाडौं । बिक्री खुला भएको पहिलो दिनमै धौलागिरी लघुवित्त वित्तीय...

थप २ करोड २३ लाख ९९ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत !

थप २ करोड २३ लाख ९९ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत !

वि.सं.२०७९ साउन २४ मंगलवार १६:४९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन एभरेष्ट इन्स्योरेन्सको...

नेप्सेमा एक कम्पनीको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति तोक्यो ?

नेप्सेमा एक कम्पनीको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति तोक्यो ?

वि.सं.२०७९ साउन २४ मंगलवार १६:३९

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नागरिक लगानी कोषको सेयर...

ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पताल बीच सम्झौता

ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पताल बीच सम्झौता

वि.सं.२०७९ साउन २४ मंगलवार १६:३१

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र धनगढीमा रहेको माया...

के भयो आज जीवन विकास र महिला लघुवित्तको सेयर ?

के भयो आज जीवन विकास र महिला लघुवित्तको सेयर ?

वि.सं.२०७९ साउन २४ मंगलवार १५:४५

काठमाडौं । साताको दोस्रो कारोबार दिन जीवन विकास लघुवित्त र...

फोनिजद्वारा चार पत्रकार पुरस्कृत र एक संचार संस्था सम्मानित हुँदै

फोनिजद्वारा चार पत्रकार पुरस्कृत र एक संचार संस्था सम्मानित हुँदै

वि.सं.२०७९ साउन २४ मंगलवार १५:३८

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ (फोनिज)ले हरेक वर्ष प्रदान...