back
NMB ad

यसकारण सिभिल बैंकसँग मर्जहुन चाहन्छ हिमालयन बैंक

Kumari bank ad

काठमाडौं । हिमालयन बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग गर्ने भनिएको मर्जको सम्झौता तोडेपछि नयाँ पार्टनर खोज्न थालेको छ । यस विचमा विभिन्न बाणिज्य बैंकहरुसँग कुरा भइरहेको बैंकले जनाएको छ ।

पछिल्लो समयमा विशेषगरी हिमालयन बैंकले बैंक अफ काठमाडौ र सिभिल बैंकसँग मर्जको लागि कुराकानी अगाडी बढाएको छ । तर सवैभन्दा बढी सम्भावना भने सिभिल बैंकसँग रहेको एक सञ्चालकले जानकारी दिए ।

बैंकको सेयर संरचना हेर्दा पनि हिमालयन बैैंकले सिभिल बैंकसँग मर्ज हुने सम्भावना बलियो रहेको छ ।

हिमालयन बैंकमा सवैभन्दा बढी सेयर सेयर हविव बैंक (२० प्रतिशत) पछि कर्मचारी सञ्चय कोषको १४.८ प्रतिशत रहेको छ । यदी हिमालयन बैैकले बैक अफ काठमाडौसँग बराबरी अनुपातमा मर्ज गरेमा नेपाल राष्ट्र बैंकको नियम विपरित कोषको सेयर स्वामित्व हुन पुग्छ ।

कर्मचारी सञ्चय कोषको बैंक अफ काठमाडौमा १४.८ प्रतिशत सेयर स्वामित्व रहेको छ । बराबरीको अनुपातमा मर्ज भएमा कर्मचारी सञ्चय कोषको सेयर २९.६ प्रतिशत हुन पुग्छ ।

नेपाल राष्ट्र बैंकको नियम अनुसार कुनैपनि बैंकमा संस्थाको हकमा २५ प्रतिशत भन्दा बढी सस्थापक सेयर स्वामित्व हुनु हुदैन । यदी डिडिए गर्दा हिमालयन बैंकको  १ः२ को अनुपातमा सेयर स्वाप रेसियो निस्कीयो भने पनि कर्मचारी सञ्चय कोषको सेयर स्वामित्व २२.२ पुग्नेछ । तर १ः २ को सेयर अनुपात बैंक अफ काठमाडौले मान्दैन ।

कर्मचारी सञ्चय कोषकै कारण पनि हिमालय बैंक अफ काठमाडौ रोज्दैन । तर सिभिल बैंक रोज्न सक्ने आधारहरु भने धेरै नै रहेको छ ।

सिभिल बैंकमा हिमालयन बैंकको दोस्रो ठूलो सेयर बोकेको कर्मचारी सञ्चय कोषको सेयर स्वामित्व ८.५१ प्रतिशत रहेको छ । त्यस्तै हिमालय बैंकमा नै रहेका अर्का सेयर धनी राणा समुहको सेयर पनि सिभिल बैंकमा रहेको छ ।

राणा र थापा समुहले सञ्चालक गरेको आभा इन्टरनेसनल लिमिटेडको सिभिल बैंकमा ७३ लाख ५८ हजार ९३८ कित्ता सेयर छ भने राणा समुहको लगानी रहेको विजया इन्टरनेशनल प्रा.लिको १३ लाख २० हजार ९०० कित्ता सेयर रहेको छ ।

सिभिल बैंक हिमालयन बैंकमा मर्ज गराउदा राणा, थापा समुहका साथै कर्मचारी सञ्चय कोष पनि खुसी हुने देखिन्छ । किनकी लामो समयदेखि कर्मचारी सञ्चय कोषको आँखा हबिब बैंकको सेयरमा रहेको छ । हिमालयन बैंक छोडेर हबिब फर्कन लागेको छ ।

यदी सिभिल बैंकलाई बढीमा १ः२ को अनुपातमा मर्ज गराउन सकेमा दुवै बैंक गरी कर्मचारी
सञ्चय कोषसँग १९.०५ प्रतिशत सेयर स्वामित्व हुन आउछ । जसले गर्दा कोषले हबिब बैंकको पनि बढीमा ६ प्रतिशतसम्म सेयर किन्न सक्छ ।

हुनत यसअघि पनि हिमालयन बैंकले सिभिल बैंकसँग मर्जको लागि कुराकानी अगाडी नवढाएको होइन । सो समयमा हिमालयन बैंकले सिभिललाई प्रति सेयर ३५ रुपैयाँमा गाभ्ने प्रस्ताव गरेको थियो । सो कुरामा सहमत भएको सिभिल बैंक पछिल्लो समयमा त्यही अनुपातमा भने मर्जमा जादैन ।

पछिल्लो समयमा सिभिल बैंकको आर्थिक परिसुचक बलियो हुदै गएपछि सोही अनुपातमा भने मर्जमा नजाने निश्चित छ ।

 

वि.सं.२०७८ माघ ६ बिहीवार १२:३८ मा प्रकाशित

You can share this post!

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...