back
NMB ad

पाँच महिनामा बाणिज्य बैंकहरुबाट पौने दुई खर्ब सहुलियतपुर्ण कर्जा प्रबाह,कुन बैंकको कति ?

Kumari bank ad

काठमाडौ । चालु आर्थिक बर्षको पाँच महिना बाणिज्य बैंकहरुले १ लाख १५ हजार ७७४ जनालाई एक खर्ब ८२ अर्ब २९ करोड रुपैयाँ बराबरको सहुलियतपुर्ण कर्जा प्रबाह गरेका छन् ।नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार सवैभन्दा बढी कृषि विकास बैंकबाट १३ हजार ५६४ जनाले २२ अर्ब ६४ करोड रुपैयाँ बराबको सहुलियतपुर्ण कर्जा लगेका छन् ।
त्यस्तै बाणिज्य बैंकहरुमा सवैभन्दा कम स्ट्यान्डर्ड चार्टड बैंकबाट ३६४ जनाले १ अर्ब ३१ करोड रुपैयाँ बराबरको सहुलियतपुर्ण कर्जा लिएका छन् ।

सरकारले विभिन्न १० वटा शिर्षकमा सहुलियतपुर्ण कर्जा प्रदान गर्दै आएको छ । विपन्न नागरिकले पनि सहुलियत दरमा सहज वित्तिय सेवा प्राप्त गरुन् भन्ने उदेश्यले सरकारले सहुलियतपुर्ण कर्जाको स्कीम ल्याएको हो ।

सहुलियतपुर्ण कर्जाको लागि विभिन्न मापदण्ड रहेका छन् । ‘सहुलियपुर्ण कर्जाको लागि व्याज अनुदान सम्बन्धी एकीकृत निर्देशिका,२०७५’ अनुसार विभिन्न १० वटा शिर्षकमा सरकारले व्याज अनुदान दिन्छ । महिला उद्यमी कर्जा शिर्षकमा भने ६ प्रतिशत व्याज अनुदान दिइने भएपनि अन्य सम्पुर्ण सहुलियतपुर्ण कर्जामा ५ प्रतिशत व्याज अनुदान दिने सो निर्देशिकामा उल्लेख गरिएको छ ।

राष्ट्र बैंकका अनुसार गत पाँच महिनामा मात्र सरकारले ११ अर्ब १५ करोड रुपैयाँ व्याज अनुदान दिइसकेको छ । त्यस्तै यो अवधिमा एक कारोड भन्दा बढी रकम १९८१ वटा विभिन्न फर्म तथा कम्पनीहरुले सहुलियतपुर्ण कर्जा शिर्षकमा ऋण लगेका छन् ।

आर्थिक बर्षको पाँच महिनामा बाणिज्य बैंकहरुले वितरण गरेको कर्जाको संख्या र रकम 

 

वि.सं.२०७८ माघ ६ बिहीवार १५:५५ मा प्रकाशित

You can share this post!

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:२६

काठमाडौँ, १३ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता...

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

सोह्रौँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको बिस्तारमा जोड दिएको छः प्रधानमन्त्री दाहाल  

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:१८

काठमाडौँ, १३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६औँ योजनामा...