back
NMB ad

१४८ प्रतिशतले बढ्यो सिभिल बैंकको नाफा, कस्ता छन् अन्य सूचकहरु ?

Kumari bank ad

काठमाडौं । सिभिल बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आवको पुस मसान्तसम्ममा नाफा उल्लेखीय सुधार गरेको छ।

वित्तीय विवरण अनुसार बैंकले उक्त अवधिमा ५० करोड ४० लाख १ हजार रुपैयाँ नाफा गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १४८.४२ प्रतिशतले बढी हो । गत वर्षको पुस मसान्तमा बैंकले २० करोड २८ लाख ८४ हजार रुपैयाँ नाफा गरेको थियो।

उक्त अवधिमा बैंकको खुद ब्याज आम्दानी ५७.०३ प्रतिशतले वृद्धि भई १ अर्ब ४६ करोड ७४ ला ४९ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा भने बैंकले ९३ करोड ४५ लाख ७ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको थियो ।

यस्तै, चालु आवको पुस मसान्तसम्म बैंकको संचालनमा मुनाफा १७१.४६ प्रतिशतले वृद्धि भई ७३ करोड २२ लाख ९४ हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा भने बैंकको संचालन मुनाफा २६ करोड ९७ लाख ५८ हजार रुपैयाँ रहेको थियो।

उक्त अवधिमा बैंकले ९१ अर्ब ६९ करोड ८२ लाख १७ हजार रुपैयाँ निक्षेप संकलन गरि ८३ अर्ब ४२ करोड ७४ लाख ७८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ।

बैंकको चुक्ता पुँजी ८ खर्ब ६४ करोड ३६ लाख ६१ हजार रुपैयाँ रहेको छ । बैकले जगेडा तथा कोषमा २ अर्ब ५४ करोड ६ लाख ३८ हजार रुपैयाँ राखेको छ । उक्त अवधिमा बैंकको खराब कर्जा अनुपात घटेर ०.९४ प्रतिशत कायम भएको छ।

बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६६ पैसा र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ३९ पैसा रहेको छ।

वि.सं.२०७८ माघ ७ शुक्रवार १०:३४ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...