काठमाडौं । सिद्धार्थ बैंकले कुनै पनि शाखा वा कार्यालयहरुमा प्रवेशका लागि कोरोना विरुद्धको लगाईएको खोप कार्ड अनिवार्य गरेको छ ।
सरकारको निर्णय बमोजिम तथा विभिन्न जिल्ला प्रशासनद्वारा जारी स्वास्थ्य मापदण्ड ध्यानमा राख्दै आगैदेखि लागू हुने गरि उक्त व्यवस्था गरेको हो ।
बैंकले कोरोना संक्रमण जोखिमलाई नियन्त्रणका लागि कुनै पनि शाखा कार्यालयहरुमा प्रवेशमा अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड चाहिने व्यवस्था गरेको हो ।
यद्यपि, कोरोना विरुद्ध खोप लगाएको कार्डको मोबाइलमा फोटो भएपनि देखाउनुपर्ने बैंकद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
वि.सं.२०७८ माघ ७ शुक्रवार १५:१५ मा प्रकाशित